सरकारबाट बाहिरिने एमालेको निर्णय



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको छ । भर्खरै पार्टी मुख्यालय च्यासलमा बसेको सचिवालयको आकस्मिक बैठकले पार्टी सरकारबाट बाहिरिने निर्णय गरेको हो । बैठकको निर्णय जानकारी गराउँदै उपाध्यक्ष विष्णु पौडेलले समसामयिक विषयमा बैठकमा छलफल भएको जानकारी दिए । पौडेलले पुस १० भएको सहमतिअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल नगएको र प्रधानमन्त्री दाहालले नेकपा एमालेलाई सरकारबाट बाहिरिन दबाब दिएको बताए ।

पौडेलले भने, ‘अजको बैठकले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट अलग हुने निर्णय गरेको छ । हामीले विशिष्ट परिस्थितिमा यो सरकारमा सहभागी भएका थियौँ । राष्ट्रपतिमा भएको सहमति कार्यान्यन गर्नुभएन र अरु दलको समर्थनमा कांग्रेसको उम्मेदवारलाई सघाउने निर्णय गर्नुभयो । तर, पनि हामीले मुलुकको अवस्थालाई विश्लेषण गरेर राष्ट्रपतिमा सहमति नभएपनि देशको परिस्थिति हेरेर अघि बढिरहेका थियौँ । उहाँले एमाले सरकारबाट नहटे विनाविभागीय मन्त्रीको रूपमा राख्ने जस्ता अभिव्यक्ति दिनुभएपछि हामी सरकारमा बस्न सकेनौँ ।’

प्रतिक्रिया दिनुहोस
रास्वपा सभापति लामिछाने र प्रधानमन्त्री शाहबीच भेटवार्ता

    प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति...

४३ अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार ४३.८९ अंक घटेको छ...

बाढीपीडितका लागि नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ४ करोड १ लाख सहयोग

    नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित...

इन्टरनेट कनेक्सनको म्याद सकिएका बाढी प्रभावित ग्राहकलाई सुबिसुले थप ७ दिन सेवा दिने

    भोटेकोशीमा आएको भीषण बाढीका कारण इन्टरनेट सेवा प्रभावित भएका ग्राहकलाई सुबिसुले...