पल शाह आज जेलमुक्त हुँदै



हाम्रो इकोनोमि

 

 

एक वर्षदेखि तनहुँ कारागारमा रहेका कलाकार पल शाहले आज छुट्दैछन् । जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध उच्च अदालत पोखराले आइतबार सफाइ दिए पछि कलाकार शाह आज छुट्न लागेका हुन । जिल्ला अदालत नवलपुरले गरेको फैसलामाथि पलले गरेको पुनरावेदनमा उच्च अदालत पोखरालेले अभियोग दाबी नपुग्ने ठहर गरेको थियो । उच्च अदालत पोखरामा न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले उनी विरुद्धको अभियोगमा दाबी नपुग्ने ठहर गरेको हो ।

उनलाई नवलपुर जिल्ला अदालतले शाहलाई बाल यौन दुर्व्यवहारमा दोषी ठहर गर्दै साढे २ वर्ष कैद सजाय गरेको थियो । त्यसको विरुद्ध उनी उच्च अदालत गएका थिए । यसअघि उनले तनहुँ जिल्ला अदालतबाट सफाइ पाई सकेका छन् । नाबालिग माथि बलात्कार गरेको आरोपमा उनी गत वर्ष पक्राउ परेका थिए । आरोपी बालिकाले शाहमाथि झुटा मुद्दा भएको भन्दै अदालतमा बकपत्र गरेकी छिनु । उच्च अदालतको आदेशसँगै शाह आज स्वास्थ्य परीक्षण गरी तनहुँ जिल्ला अदालतबाट छुट्ने तनहुँ कारागार प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...