प्रदेश निजामती सेवा गठन कोशेढुंगा हो : सांसद देवकोटा



हाम्रो इकोनोमि

 

 

बागमती प्रदेश सरकारले गठन गरेको प्रदेश निजामती सेवा गठनले संघीय लोकतान्त्रिक व्यवस्थालाई मजबुत बनाउन सहयोग पुगेको विधयेक व्यवस्थापन विशेष समितिका संयोजक तथा सांसद डा.दिनेशचन्द्र देवकोटाले बताए । विशेष समितिको तर्फबाट प्रदेशसभामा प्रदेश निजामति सेवा गठन, सञ्चालन र सेवाका सर्तहरूको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रस्तुत गर्दै उनले यो एउटा कोशेढुंगा भएको दाबी गरे ।

फागुन १४ गते बसेको १३ औं बैठकले प्रदेश निजामती सेवा गठन, सञ्चालन र सेवाका सर्तहरूको सम्बन्धमा बनेको विधेयक पारित गरेको छ । विधेयकमाथि भएको दफाबार छलफलको निर्णय प्रस्तुत गर्दै डा.देवकोटाले यो विधेयकले कर्मचारीहरूको समस्यालाई मुख्य रूपमा सम्बोधन गरेको बताए । स्थानीय तहको सेवा गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकसमेत पारित भएको छ । यी २ विधेयक मुख्यमन्त्री शालिकराम जम्कटेलले प्रस्तुत गरेका थिए ।

विधेयकमाथि छलफल गर्न सांसद देवकोटाको संयोजकत्वमा समिति बनेको थियो । आशा लामा, उद्व थापा, कुन्दन राज काफ्ले, छिरिङ दोर्जे लामा, जयराम थापा, प्रकाश श्रेष्ठ, रामकृष्ण चित्रकार, रत्नप्रसाद ढकाल, राधिका तामाङ, बसन्तप्रसाद मानन्धर, शैलेन्द्रमान बज्राचार्य, मधुसूदन पौडेल, सृजना सायजु, सुरेन्द्रराज गोसाइ र रमा आले मगर सदस्य रहेको विधयेक व्यवस्थापन विशेष समिति बनेको थियो ।

प्रतिक्रिया दिनुहोस
रास्वपाबाट जनताको भरोसा पूरा हुँदैन : कुलमान

     उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रास्वपाबाट जनताको आशा र भरोसा...

विश्वकपको प्रत्येक क्षणलाई अविस्मरणीय बनाउने टीसीएलको योजना

    विश्व फुटबलको सबैभन्दा ठूलो उत्सव नजिकिँदै गर्दा, विश्वकै अग्रणी उपभोक्ता इलेक्ट्रोनिक्स...

बजारमा पर्याप्त मात्रामा आउन थाल्यो नेपाली आँप

    काठमाडौं कुलेश्वरस्थित फलफूल बजारमा तराईका विभिन्न क्षेत्र, विशेषगरी लहान लगायतका क्षेत्रमा...

मोटरसाइकल दुर्घटनामा परे हर्क साम्पाङ

    श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ मोटरसाइकलबाट लडेका छन् । उदयपुरको...