छविविरुद्धको मुद्दा शिल्पाले जितिन, सम्पत्ति र ऋण आधा



हाम्रो इकोनोमि

 

 

अभिनेत्री शिल्पा पोखरेलले श्रीमान् छवि ओझाविरुद्ध काठमाडौं जिल्ला अदालतमा हालेको मुद्दा जितेकी छन् । जिल्ला अदालतले शिल्पालाई छविले आफ्नो आधा सम्पत्ति दिनुपर्ने फैसला सुनाएको छ भने उनीहरूको डिभोर्स पनि टुंग्याइदिएको छ । रेखा थापासँग डिभोर्सपछि छविले चौथो श्रीमतीका रूपमा शिल्पालाई भित्र्याएका थिए । तर, आपसी विवादका कारण उनीहरूको वैवाहिक जीवन लामो समय टिक्न सकेन । अन्ततः उनीहरू सम्वन्धविच्छेदका अदालत गएका थिए ।

शिल्पाले छविसँग सम्वन्धविच्छेद र माना चामलको मुद्दा हालेकी थिइन् । उक्त मुद्दामा हिजो फैसला सुनाउँदै अदालतले छविको सम्पत्ति उनले आधा पाउने फैसला गरेको हो । शिल्पासँग सम्बन्धमा रहँदासम्म छविलाई लागेको ऋण पनि आधा शिल्पाले व्यहोर्नुपर्ने अदालतको फैसला छ । छविको दोस्रो श्रीमती स्व. गिताञ्जली सुनुवारको तर्फबाट एक छोरा छन् । गिताञ्जलीको मृत्युपछि छविले आफ्नो श्रीमती जेठीसासु (गीताञ्जलीकी दिदी) को जिम्मा लगाएका थिए । त्यसबेला छविले आफ्नो छोरालाई धर्मपुत्रका रूपमा पाल्न जेठीसासुसँग लिखित सम्झौता नै गरेका थिए ।

शिल्पाले सम्पत्तिको मुद्दा हालेपछि छविकी जेठी सासुले धर्मपुत्र फिर्ता गर्नका लागि अदालतका मुद्दा हालेकी थिइन् । छविकै आग्रहमा उनले सो मुद्दा हालेकी हुन्, ताकि आफ्नो छोराका नाममा पनि एक तिहाइ सम्पत्ति उनले राख्न सकुन् । यदि धर्मपुत्र छविले फिर्ता पाउने अदालतले फैसला गरेको भए सम्पत्ति तीन भाग लाग्ने थियो । तर, अदालतले धर्मपुत्रलाई अंश छुट्याउन नमिल्ने फैसला गरेको छ ।

छविको जायजेथा र ऋणको सबै लेखाजोखा भइसकेको छ । छविले आफ्नो ऋण २० करोडभन्दा माथि देखाएको बुझिन्छ । छविको आधा सम्पत्तिबाट ऋणको आधा रकम कटाएर शिल्पाले पाउने छिन् । यसै गरी छविकी जेठी श्रीमतीले हालेको बहुविवाहको मुद्दा पनि अदालतले खारेज गरिदिएको छ । छविकै उक्साहटमा जेठी श्रीमतीले बहुविवाहको मुद्दा हाल्न लगाएको शिल्पाको आरोप छ । तर, जेठी श्रीमतीसँग पहिल्यै सम्बन्धविच्छेद भएको भन्दै अदालतले शिल्पा र छविको विवाहलाई बहुविवाह ठहर गरेन । शिल्पाले सामाजिक सञ्जालमा स्टाटस लेख्दै अदालतको फैसलाप्रति खुशी व्यक्त गरेकी छन् । तर, छविले चाहिँ उच्च अदालतमा पुनरावेदन गर्ने तयारी गरेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...