प्रचण्डले हरियो देख्नै नहुने, दाम्लो छिनाएर जान खोज्ने : ओली



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन माओवादीले जनयुद्धको नामले हिंसात्मक यात्रा सुरु गरेको बताएका छन् । ओलीले नेपालमा ठूला ठूला आन्दोलन भएको र पछिल्लो समय पुष्पकमल दाहाल प्रचण्डले हिंसाको बाटो हिँडेर हजारौंको क्रुरतापूर्वक हत्या भएको बताए ।

उनले प्रधानमन्त्री प्रचण्डले युद्धका बेलाका साथी, सिपाहीलाई धोका दिएको जनतालाई धोका दिएको उल्लेख गर्दै आफूलाई धोका दिनु ठूलो कुरा नभएको बताए । जनतालाई धोको दिनुभो, सहयोद्धालाई धोका दिनुभो, जनतालाई धोका दिनुभो, आफूलाई त्यस ठाउँमा पुर्याउनेलाई धोका दिनुभो भने मलाई ढोका दिनु कुन ठूलो कुरा ?’, ओलीले प्रश्न गरे ।

‘हिजो उहाँले भन्नुभो, दुई महिना कस्तो गाह्रो भएको थियो । साँच्चै गाह्रो भएको थियो उहाँलाई । हरियो देख्नै नहुने दाम्लो छिनाउन खोजेर जान खोज्ने मैले राक्दिने अनि तान्दिएपछि गाह्रै भएको थियो । मलाई थाहा थियो । उहाँ टिक्न सक्नुहुन्न । उहाँका गतिविधि ठीकठाक चलुन् । मसँग काम गर्दा काले काले मिलेर खाउँ भाले हुन सक्दैन । जहाँ हुन्छ त्यहाँ जानु,’ ओलीले भने ।

प्रतिक्रिया दिनुहोस
अब स्थानीय तहबाटै नापी र मालपोतको सेवा

    स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक...

किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम

    किष्ट टिचिङ हस्पिटलले ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा ऐतिहासिक सफलता...

सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो : प्रचण्ड

   नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाइसकेको संसद् रोकेर अध्यादेश...

आयातित वस्तुको एमआरपीमा सरकार लचक

    आयातित मालवस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्थाले...