प्रचण्ड सरकारले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोस्रोपटक विश्वासको मत लिनुपर्ने भएको छ । उनको नेतृत्वमा रहेको सरकारबाट राप्रपा बाहिरिएसँगै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सरकार छाडेपनि समर्थन भने कायमै राखेको छ ।

राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयसँगै प्रचण्ड नेतृत्वको सरकारले दोस्रो पटक विश्वासको मत लिनुपर्ने भएको छ । उनले संवैधानिक व्यवस्थाबमोजिम अगामी ३० दिनभित्र विश्वासको मत लिनुपर्ने छ । उनले अगामी चैत्र १२ गतेभित्र विश्वासको मत लिनुपर्नेछ । तर प्रधानमन्त्री प्रचण्डले पनि ढिलैगरी विश्वासको मत लिने तयारी गरेका छन् ।

फागुन २५ गते राष्ट्रपतिको निर्वाचनपछि एमाले सरकारबाट बाहिरिने र समर्थन पनि फिर्ता लिने सम्भावना रहेको भन्दै पटक-पटक विश्वासको मत लिनुभन्दा एमाले सरकारबाट बाहिरिएपछि मात्रै विश्वासको मत लिने तयारीमा प्रधानमन्त्री प्रचण्ड रहेका छन् । प्रधानमन्त्री प्रचण्डले पहिलोपटक पुष २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिएका थिए ।

प्रतिक्रिया दिनुहोस
रास्वपा सभापति लामिछाने र प्रधानमन्त्री शाहबीच भेटवार्ता

    प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति...

४३ अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार ४३.८९ अंक घटेको छ...

बाढीपीडितका लागि नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ४ करोड १ लाख सहयोग

    नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित...

इन्टरनेट कनेक्सनको म्याद सकिएका बाढी प्रभावित ग्राहकलाई सुबिसुले थप ७ दिन सेवा दिने

    भोटेकोशीमा आएको भीषण बाढीका कारण इन्टरनेट सेवा प्रभावित भएका ग्राहकलाई सुबिसुले...