जसपालाई उपराष्ट्रपति दिने निश्चित



हाम्रो इकोनोमि

 

 

बालुवाटारमा बसेको चार दलका शीर्ष नेताहरुको बैठकमा उपराष्ट्रपति जनता समाजवादी पार्टीलाई दिने सहमति बनेको छ । चुनावअघिकै पाँच दलीय गठबन्धन ब्युँताउने सहमतिअनुसार पावर शेयरिङका आधारमा जसपालाई उपराष्ट्रिपति दिने लगभग निश्चित भएको हो ।

बैठकपछि जसपा नेता राजेन्द्र श्रेष्ठले भने, ‘हामीले उपराष्ट्रपति पहिलादेखि नै दाबी गर्दै आएका हौं । त्यो विषयमा आजको बैठकमा लगभग सहमति भयो । ठोस निर्णय बेलुकाको बैठकले गर्छ ।’

जसपा अध्यक्ष उपेन्द्र यादवले चुनावमा आफू पराजित भएपछि संसदीय दलका नेता रामसहाय यादवलाई उपराष्ट्रपतिमा पठाएर आफू उपनिर्वाचनबाट संसद छिर्ने दाउ बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...