बोल्न थाले चन्द्र भण्डारी, स्वास्थ्यमा सुधार



 

 

घरमै ग्यास लिक भएर आगलागीमा परी गम्भीर घाइते भई भारतको मुम्बईमा उपचाररत नेपाली कांगेसका नेता तथा सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमशः सुधार देखिएको छ । नेशनल बर्न सेन्टर, नबी मुम्बईमा उपचाररत मंगलबारबाट बोल्न थालेका छन् । उपचारमा संलग्न डा. प्रशान्त महाराणेका अनुसार एण्टीबायोटिक थपपश्चात इन्फेक्सनको मात्रा कम हुँदै गएको उनीसँगै गएका नेता योगराज कंडेलले जनाएका छन् । उनलाई मुखबाटै खाना दिइएको छ ।

उनका अनुसार ५ लिटर अक्सीजनमा झारिएको छ भने पारामिटरहरु नर्मल रहेको छ । ‘डाक्टरसँग परामर्श लिइरहँदा मेरो आवाज सुनेर योगराज यता आउ भनि बोलाउनु भयो, यहाँ मसँग आएर बस मेरो मास्क हटाउन लगाउ, हात खुट्टाको पट्टी हटाउन लगाउ भन्नु भयो,’ मुम्बईमा रहेका कंडेलले बताएका छन् । गत वुधबार राति काठमाडौंस्थित निवासमा ग्याँस लिक हुँदाँआगलागीमा परेर गम्भीर घाइते भएका भण्डारीलाई उपचारका लागि बिहीबार एअर एम्बुलेन्समार्फत मुम्बई लगिएको थियो । सो घटनामा परेर गम्भीर घाइते भएकी उनकी आमाको भने बिहीबार निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्