बोल्न थाले चन्द्र भण्डारी, स्वास्थ्यमा सुधार



हाम्रो इकोनोमि

 

 

घरमै ग्यास लिक भएर आगलागीमा परी गम्भीर घाइते भई भारतको मुम्बईमा उपचाररत नेपाली कांगेसका नेता तथा सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमशः सुधार देखिएको छ । नेशनल बर्न सेन्टर, नबी मुम्बईमा उपचाररत मंगलबारबाट बोल्न थालेका छन् । उपचारमा संलग्न डा. प्रशान्त महाराणेका अनुसार एण्टीबायोटिक थपपश्चात इन्फेक्सनको मात्रा कम हुँदै गएको उनीसँगै गएका नेता योगराज कंडेलले जनाएका छन् । उनलाई मुखबाटै खाना दिइएको छ ।

उनका अनुसार ५ लिटर अक्सीजनमा झारिएको छ भने पारामिटरहरु नर्मल रहेको छ । ‘डाक्टरसँग परामर्श लिइरहँदा मेरो आवाज सुनेर योगराज यता आउ भनि बोलाउनु भयो, यहाँ मसँग आएर बस मेरो मास्क हटाउन लगाउ, हात खुट्टाको पट्टी हटाउन लगाउ भन्नु भयो,’ मुम्बईमा रहेका कंडेलले बताएका छन् । गत वुधबार राति काठमाडौंस्थित निवासमा ग्याँस लिक हुँदाँआगलागीमा परेर गम्भीर घाइते भएका भण्डारीलाई उपचारका लागि बिहीबार एअर एम्बुलेन्समार्फत मुम्बई लगिएको थियो । सो घटनामा परेर गम्भीर घाइते भएकी उनकी आमाको भने बिहीबार निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस
राहत वितरणमा कन्सल्टेन्सी व्यवसायी सञ्जीव लम्सालको सक्रियता

    पछिल्लो समय आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई सहयोग गर्ने...

काेशी ब्यारेजकाे २३ वटा ढाेका खाेलियाे

    सप्तकोशी नदीमा पानीको बहाव बढेर खतराको तहमा पुगेको छ । खतराको...

देउवा समूहले सानेपाको ‘अफर’ नमान्ने

    नेपाली कांग्रेस संस्थापन इतर समूहले आफ्नै ढंगले महाधिवेशन प्रक्रियालाई अघि बढाउने...

प्रभु बैंकका सञ्चालक र कर्मचारीले गरे उद्धार कोषमा ४० लाख सहयोग

    प्रभु बैंकका सञ्चालक तथा कर्मचारीले स्वैच्छिक रूपमा संकलन गरेको ४० लाख...