महन्थ ठाकुरलाई राष्ट्रपति उम्मेदवार बनाउन लोसपाको दौडधुप



हाम्रो इकोनोमि

 

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयन गर्ने हो भने उपयुक्त पात्र अध्यक्ष महन्थ ठाकुर हुने भन्दै प्रधानमन्त्रीदेखि दलका शीर्ष नेतासँग संवादलाई तीव्रता दिएको छ। लोसपाले मंगलबार कार्यकारिणी समिति बैठकबाट अध्यक्ष ठाकुरलाई सहमतिको राष्ट्रपति उम्मेदवार बनाउन पहल गर्ने निर्णय गरेको थियो।

उक्त निर्णयलगत्तै प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग अध्यक्ष ठाकुरसहित लोसपा शीर्ष नेताले बालुवाटारमा भेटवार्ता गरेका थिए। प्रधानमन्त्री दाहालले राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयन गर्नुपर्ने धारणा राखिरहेका छन्। अध्यक्ष ठाकुर सरल, सालिन व्यक्तित्व भएकोले सहमतिको राष्ट्रपतिमा अघि बढाउनुपर्ने प्रस्ताव लोसपा नेताहरूको छ।

लोसपाले मंगलबार बेलुकी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेको थियो। राष्ट्रपतिमा ठाकुरलाई अघि बढाउन लोसपाले एमालेको समर्थन लिन कुराकानी गरेको थियो। लोसपाका नेताहरू बुधबार धुम्बाराही पुगेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि भेटवार्ता गरेका छन्। उनीहरूले राष्ट्रपतिमा अध्यक्ष ठाकुरलाई सहयोग गर्न आग्रह गरेका थिए।

‘सहमतिको लागि राष्ट्रपतिमा उपयुक्त पात्र अध्यक्ष ठाकुर हो,’ लोसपा नेता शरहसिंह भण्डारीले भने, ‘हामीले प्रधानमन्त्री, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर आग्रह गरेका छौं।’ प्रधानमन्त्री, कांग्रेस सभापति र एमाले अध्यक्ष यस विषयमा सकारात्मक देखिएको दाबी पनि भण्डारीको छ। प्रतिनिधि सभामा लोसपाका ४ जना सांसद छन्। लोसपाले गत पुस २६ मा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको थियो। तर लोसपा प्रतिपक्षमा छ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...