महन्थ ठाकुरलाई राष्ट्रपति उम्मेदवार बनाउन लोसपाको दौडधुप



हाम्रो इकोनोमि

 

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयन गर्ने हो भने उपयुक्त पात्र अध्यक्ष महन्थ ठाकुर हुने भन्दै प्रधानमन्त्रीदेखि दलका शीर्ष नेतासँग संवादलाई तीव्रता दिएको छ। लोसपाले मंगलबार कार्यकारिणी समिति बैठकबाट अध्यक्ष ठाकुरलाई सहमतिको राष्ट्रपति उम्मेदवार बनाउन पहल गर्ने निर्णय गरेको थियो।

उक्त निर्णयलगत्तै प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग अध्यक्ष ठाकुरसहित लोसपा शीर्ष नेताले बालुवाटारमा भेटवार्ता गरेका थिए। प्रधानमन्त्री दाहालले राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयन गर्नुपर्ने धारणा राखिरहेका छन्। अध्यक्ष ठाकुर सरल, सालिन व्यक्तित्व भएकोले सहमतिको राष्ट्रपतिमा अघि बढाउनुपर्ने प्रस्ताव लोसपा नेताहरूको छ।

लोसपाले मंगलबार बेलुकी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेको थियो। राष्ट्रपतिमा ठाकुरलाई अघि बढाउन लोसपाले एमालेको समर्थन लिन कुराकानी गरेको थियो। लोसपाका नेताहरू बुधबार धुम्बाराही पुगेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि भेटवार्ता गरेका छन्। उनीहरूले राष्ट्रपतिमा अध्यक्ष ठाकुरलाई सहयोग गर्न आग्रह गरेका थिए।

‘सहमतिको लागि राष्ट्रपतिमा उपयुक्त पात्र अध्यक्ष ठाकुर हो,’ लोसपा नेता शरहसिंह भण्डारीले भने, ‘हामीले प्रधानमन्त्री, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर आग्रह गरेका छौं।’ प्रधानमन्त्री, कांग्रेस सभापति र एमाले अध्यक्ष यस विषयमा सकारात्मक देखिएको दाबी पनि भण्डारीको छ। प्रतिनिधि सभामा लोसपाका ४ जना सांसद छन्। लोसपाले गत पुस २६ मा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको थियो। तर लोसपा प्रतिपक्षमा छ।

प्रतिक्रिया दिनुहोस
एमाले आफ्नै खुट्टामा उभिएर अगाडि बढ्छ : ओली

     नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई एक्ल्याउने प्रयास भइरहेको बताएका छन्...

सरकारले स्वास्थ्य, शिक्षा र विद्युतमा समेत लगायो कर

    आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ । यससँगै सरकारले...

अहिले प्रदेश सरकार फेरबदलको समय होइन : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कार्यकालको अन्तिम समयमा प्रदेश सरकार फेरबदल...

मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...