बालुवाटारमा प्रचण्ड र ओलीबीच छलफल



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटघाट भएको छ । दुई नेताबीच बालुवाटारमा छलफल भइरहेको हो । छलफल राष्ट्रपति निर्वाचनमा केन्द्रित रहेको बताइएको छ । राष्ट्रपति-उपराष्ट्रपति निर्वाचनका लागि चुनावी कार्यतालिका सार्वजनिक भइसकेको छ । तर, सत्तागठबन्धनमा राष्ट्रपतिको उम्मेदवारबारे खासगरी माओवादी र एमालेबीच सहमति हुन सकेको छैन ।

पुस १० मा एमालेलाई राष्ट्रपति दिने सहमतिअनुसार प्रचण्ड प्रधानमन्त्री बनेका थिए । तर, प्रचण्डले अहिले राष्ट्रपतिमा १२ बुँदे पक्षधर एकठाउँमा उभिनुपर्ने भन्दै राष्ट्रिय सहमति हुनुपर्ने बताउँदै आएका छन् । यसमा एमाले सशंकित छ । नेपाली कांग्रेसले पनि राष्ट्रपतिमा समर्थन गर्न प्रचण्डसँग सघन छलफल गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...