राष्ट्रपतिमा कसलाई सघाउनेबारे माओवादी पदाधिकारी बैठक



हाम्रो इकोनोमि

 

 

सत्तारुढ घटक नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । अपरान्ह ४ बजे पार्टी मुख्यालयमा पदाधिकारी बैठक बस्न लागेको माओवादी स्थायी कमिटी सदस्य मातृकाप्रसाद यादवले जानकारी दिए । आजको बैठक राष्ट्रपति निर्वाचनमा केन्द्रित हुने बताइएको छ । माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको कुरा उठाएको छ । सरकार गठनताका भने गठबन्धनमा एमालेलाई राष्ट्रपति दिने सहमतिमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएका थिए । राष्ट्रपतिबारे प्रचण्डले भाका फेर्न थालेपछि एमाले सशंकित छ । यही विषयलाई लिएर गठबन्धनको भविष्यसमेत संकटमा परेको छ ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिएर ‘दाउ’ थापेको कांग्रेसले पनि राष्ट्रिय सहमतिमा जोड दिँदै राष्ट्रपतिमा तीब्र चासो देखाइरहेको छ । कांग्रेस नेतृत्वमा चुनावी गठबन्धन बनेकाले त्यही गठबन्धनको बलमा माओवादीले राष्ट्रपतिमा आफ्नो उम्मेदवारलाई समर्थन गर्ने कांग्रेस नेताहरूले बताउँदै आएका छन् ।

हिजोमात्र राष्ट्रपतिमा सहयोग माग्दै सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, कृष्णप्रसाद सिटौलालगायतका कांग्रेसका शीर्ष नेता बालुवाटार पुगेका थिए । कांग्रेस नेताहरूको आग्रहमा प्रधानमन्त्री प्रचण्ड सकारात्मक देखिएको स्रोतले बतायो । प्रचण्डले पार्टीमा छलफल गरेर निर्णय गर्ने बताएका छन् । फागुन २५ मा हुने राष्ट्रपति चुनावका लागि यही १३ गते मनोनयन दर्ता हुँदैछ । यही मेसोमा बोलाइएको माओवादी पदाधिकारी बैठकलाई अर्थपूर्णरूपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले आफ्नै खुट्टामा उभिएर अगाडि बढ्छ : ओली

     नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई एक्ल्याउने प्रयास भइरहेको बताएका छन्...

सरकारले स्वास्थ्य, शिक्षा र विद्युतमा समेत लगायो कर

    आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ । यससँगै सरकारले...

अहिले प्रदेश सरकार फेरबदलको समय होइन : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कार्यकालको अन्तिम समयमा प्रदेश सरकार फेरबदल...

मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...