कांग्रेस नेता भण्डारीको स्वास्थ्यमा सुधार



हाम्रो इकोनोमि

 

 

भारतको मुम्बईमा उपचाररत कांग्रेस नेता तथा प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार देखिएको छ । बुधबार राती काठमाडौंस्थित घरमै ग्यास लिकपछि भएको आगलागीमा घाइते भएपछि बिहीबारदेखि मुम्बईस्थित नेशनल बोर्न अस्पतालमा उपचार गराइरहेका डा.भण्डारीको फोक्सोको तल्लो भागमा मात्र कार्बनको भाग देखिएकाले हृदयमा असर नपर्ने चिकित्सकहरुले बताएका छन् ।

भण्डारीसँगै मुम्बई पुगेका कांग्रेस नेता योगराज कंडेलका अनुसार डा. भण्डारीका सबै प्यारामिटरहरु नमर्ल रहेको छ । आज बिहान अस्पतालले गराएको जानकारीमा अस्पतालका चिकित्सक धनन्जयले भण्डारीको सर्व प्यारामिटर नर्मल रहेको जानकारी दिएको कंडेलले जनाएका छन् । पहिलो शल्यक्रिया गर्दा घाउको गहिराई बढी भएका कारण बढी समय लागेको उल्लेख गर्दै दोस्रो शल्यक्रिया १२ घण्टाको निगरानीपछि मात्र गर्न सकिने डा. मुकेशले बताएको पनि कंडेलले जनाएका छन् ।

फोक्सोको तल्लो भागमा मात्र कार्वन मोनो अक्साईडको मात्रा देखिएको कारण हृदयमा असर नपर्ने जानकारी अस्पतालले दिएको उनले बताए । शुक्रबार दुवै खुट्टाको सर्जरी गरिएको थियो । चिकित्सकलाई उल्लेख गर्दै नेता कंडेलले आजदेखि पाइपबाट खाना दिन सुरू हुने र बाहिरबाट दिइएको अक्सिजन पनि ४५ प्रतिशतले घटाइएकोले स्वास्थ्यमा धेरै सुधार भएको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
अब स्थानीय तहबाटै नापी र मालपोतको सेवा

    स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक...

किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम

    किष्ट टिचिङ हस्पिटलले ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा ऐतिहासिक सफलता...

सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो : प्रचण्ड

   नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाइसकेको संसद् रोकेर अध्यादेश...

आयातित वस्तुको एमआरपीमा सरकार लचक

    आयातित मालवस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्थाले...