प्रचण्ड पाँचै वर्ष प्रधानमन्त्री : प्रवक्ता महत



हाम्रो इकोनोमि

 

 

 

नेपाली कांग्रेसले राष्ट्रपतिमा माओवादीले आफ्नो उम्मेदवारलाई सघाउने र त्यसको बदलमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ पाँचै वर्ष प्रधानमन्त्री हुने बताएका छन् । कांग्रेस प्रवक्ता प्रकाशशरण महतले अहिलेको परिवेशमा नेपाली कांग्रेसकै उम्मेदवार राष्ट्रपतिमा सबैभन्दा स्वाभाविक हुने जिकिर गरे । संविधान रक्षाका प्रचण्डलाई कांग्रेसले विश्वासको मत दिएको उल्लेख गर्दै महतले राष्ट्रपति पदमा राष्ट्रिय सहमति कायम हुनुपर्ने दोहोर्‍याए ।

‘अहिलेको परिवेशमा नेपाली कांग्रेसकै उम्मेदवार राष्ट्रपतिमा सबैभन्दा स्वाभाविक हुन्छ । संविधान रक्षाको कोणबाट हेर्दा पनि त्यो उपयुक्त हुन्छ । किनभने अहिले वर्तमान राष्ट्रपतिले जसरी संवैधानिक व्यवस्थाको बर्खिलापमा काम गर्नुभयो, त्यो आगामी दिनमा दोहोरिनु हुँदैन’, महतले भने, ‘एमाले पार्टी र यसका नेता केपी शर्मा ओलीजीले जसरी संसदको पहलिो बैठकमा नैसंसद विघटनको विषयलाई मूल विषय बनाउनु भयो, त्यस सन्दर्भमा पनि राष्ट्रपतिको पद महत्वपूर्ण भएको छ । राष्ट्रिय सहमति बन्नु सबैभन्दा उपयुक्त हुन्छ, बन्न नसके यो संविधानको रक्षाको पक्षधर पार्टीहरु छन् ती एक ठाउँमा उभिएर कांग्रेसको उम्मेदवारलाई विजयी बनाउनुपर्छ ।’

राष्ट्रपति नेपाली कांग्रेसको हुने वा नहुने भन्ने गौण रहेको तर संविधानको विषयमा कुन पार्टी कहाँ उभिने भन्ने प्रमुख रहेको प्रवक्ता महतको भनाई छ । एमालेले राष्ट्रिय सहमति नचाहेको अवस्थामा प्रधानमन्त्रीले आफ्नो पार्टीले के निर्णय गर्ने भन्नेकुरालाई ध्यान दिन जरुरी रहेको पनि उनले सुझाएका छन् । ‘माओवादी केन्द्र र यसको नेता प्रधानमन्त्री प्रचण्डजी त्यस बेलामा संविधानको रक्षाको विषय नै प्रमुख विषय बनाएर नेपाली कांग्रेस नेतृत्वमा गठबन्धन बनेको हो । उहाँहरूले नै त्यो कुरा अघि सार्नुभएको हो । अहिले पनि त्यो विषय हाम्रा लागि प्रमुख विषय हो भनेरै प्रचण्डजीले भन्नुभएको छ । त्यसै आधारमा नेपाली कांग्रेसले विश्वासको मत दिएको हो ।’

महतले थपे, ‘एमाले पार्टी सहमत नभइराख्दा कहाँ उभिने भन्ने कुरा प्रधानमन्त्रीज्यूले निर्क्यौल गर्नुपर्छ । त्यस्तो अवस्था आयो भने उहाँ त्यसको लागि तयार हुनुपर्छ । राष्ट्रपतिमा कांग्रेसतर्फको उम्मेदवारलाई समर्थन गर्दा नेपाली कांग्रेसले दिएको विश्वासको मतलाई निरन्तरता दिनुपर्छ । सबैभन्दा ठूलो दल बाहिर हुनु नै विडमव्बना छ । कुनैपनि दलको बहुमत नआउने निश्चित बहुमत नआउने अवस्थामा तेस्रो, चौथो पार्टी निर्णायक हुने अवस्था छ ।’ अहिलेको सत्ता गठबन्धन स्वार्थकेन्द्रित रहेको महतको टिप्पणी छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...