कसरी थाहा पाउने ग्यास सिलिन्डरको म्याद ? ( पुरा पढनुहोस )



हाम्रो इकोनोमि

 

 

 

तपाईंहरूले आफ्नो घरमा प्रयोग भइरहेको ग्यास सिलिन्डर हेर्नुभयो भने त्यसको माथिल्लो भागमा सिलिन्डर प्रयोग गर्न सकिने अन्तिम मिति लेखिएको हुन्छ । उक्त मिति हेरेर उपभोक्ता आफैंले म्याद गुज्रिएको छ कि छैन थाहा पाउन सक्छन् । म्याद गुज्रिएको सिलिन्डर फेला पर्‍यो भने तुरून्तै बिक्रेतालाई खबर गरेर साट्न लगाउनुपर्छ ।

एलपी ग्यास उद्योग संघका अध्यक्ष कुशप्रसाद मालीका अनुसार सिलिन्डर उत्पादन भएको मितिबाट १० वर्षसम्म प्रयोग गर्न सकिन्छ ।  दस वर्षपछि उक्त सिलिन्डरको भारवहन क्षमता छ कि छैन वा त्यो सिलिन्डर प्रयोग गर्न लायक छ कि छैन भनेर हाइड्रोलिक परीक्षण गरिन्छ । सिलिन्डरमा पानीको फोहोराले दबाब दिएर हाइड्रोलिक परीक्षण गरिने मालीले बताए ।

‘सुरूमा १० वर्षपछि हाइड्रोलिक परीक्षण हुन्छ । परीक्षण पास भएको सिलिन्डर फेरि प्रयोगमा पठाइन्छ । त्यसपछि ५ वर्षमा अर्को हाड्रोलिक परीक्षण गरिन्छ,’ उनले भने, ‘पाँच वर्षपछि पनि परीक्षण पास भएको सिलिन्डरलाई फेरि तीन वर्षमा परीक्षण गरिन्छ ।’ यसरी पटकपटक हाइड्रोलिक परीक्षण गर्दा जबसम्म सिलिन्डर फेल हुँदैन, तबसम्म प्रयोग गरिने र फेल भएपछि नष्ट गरिने माली बताउँछन् ।

‘हाइड्रोलिक परीक्षण गर्दा फेल भएको सिलिन्डरलाई आयल निगम र गुणस्तर विभागको प्रतिनिधि राखेर बिगारिन्छ र फलामका रूपमा बेचिन्छ,’ उनले भने । हाइड्रोलिक परीक्षण सबै ग्यास उद्योगमा हुँदै आएकाले म्याद गुज्रिएका र जोखिमपूर्ण अवस्थाका सिलिन्डर बजार पठाइने सम्भावना कम रहेको अध्यक्ष मालीले दाबी गरे । उनका अनुसार सिलिन्डरको म्याद ग्राहक आफैंले थाहा पाउन सक्छन् । सिलिन्डरको माथिल्लो सतहमा जहाँ रेगुलेटर हुन्छ, त्यसको पछाडिको भागमा म्याद उल्लेख भएको हुन्छ । यस्तो म्याद अंग्रेजीमा लेख्ने गरिन्छ ।

उदाहरणका लागि, सिलिन्डरको म्यादमा ए, बी, सी वा डी भनेर चारवटा अंग्रेजी अक्षरमध्ये एउटा लेखिएको हुन्छ। उक्त अक्षरको पछाडि अंक लेखिएको हुन्छ। एउटा अल्फाबेट (अक्षर) ले तीन महिना जनाउँछ,’ मालीले भने, ‘ए लेखिएको छ भने जनवरीदेखि मार्चसम्म भन्ने बुझिन्छ। त्यस्तै, बी लेखिएको छ भने अप्रिलदेखि जुन, सी लेखिएको छ भने जुलाईदेखि सेप्टेम्बर र डी लेखिएको छ भने अक्टोबरदेखि डिसेम्बरसम्म भन्ने बुझ्नुपर्छ।

अक्षरको पछाडि जुन अंक हुन्छ, त्यसले चाहिँ सिलिन्डर प्रयोग गर्न मिल्ने अन्तिम वर्षको संकेत गर्छ। यदि सिलिन्डरमा ए.२६ लेखिएको छ भने त्यो सन् २०२६ मार्चसम्म प्रयोग गर्न मिल्छ भन्ने बुझ्नुपर्छ। त्यस्तै, सी.३० लेखिएको छ भने त्यो सिलिन्डर सन् २०३० सेप्टेम्बरसम्म प्रयोग गर्न लायक हुन्छ। आफ्नो भान्छा सुरक्षित राख्ने एउटा उपाय मिति नगुज्रिएको ग्यास सिलिन्डर मात्र प्रयोग गर्ने हो। यसको निम्ति उपभोक्ताले ग्यास खरिद गर्दा अनिवार्य रूपमा सिलिन्डरको मिति हेर्नुपर्छ,’ अध्यक्ष मालीले भने।

प्रतिक्रिया दिनुहोस
मंगलबार दिउँसोसम्म १०५८ शव भेटिए, ४ हजार ६०६ जना सम्पर्कविहीन

    हालसम्म रसुवा बाढीका कारण मृत्यु भएका एक हजार ५८ शव फेला...

मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन

    रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ९८७ जनाको शव...

भोटेकोशी बाढीपीडितका लागि कुन बैंकले कति गरे सहयोग ?

    रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत...

रास्वपा सभापति लामिछाने र प्रधानमन्त्री शाहबीच भेटवार्ता

    प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति...