कसैले चाहेर गठबन्धन भत्किँदैन : नारायणकाजी



हाम्रो इकोनोमि

 

 

नेकपा माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले यो गठबन्धन नभत्किने प्रष्ट पारेका छन् । उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री समेत रहेका श्रेष्ठले बिहीबार बिहान सुर्खेत विमानस्थलमा पत्रकारमाझ अहिलेको समीकरणलाई बदल्नु माओवादीको प्राथमिकता नभएको उल्लेख गरे ।

श्रेष्ठले प्रतिगमनलाई कुनैपनि हालतमा अगाडि बढ्न नदिने, राष्ट्रियताको रक्षा, समृद्धिको लक्ष्य र शान्ति प्रक्रियाको बाँकी कामसहित चारवटा विषय प्रष्ट रहेको बताएका छन् । मन्त्री श्रेष्ठले भने, ‘यो पुरा गर्नेगरि विश्वासको वातावरण बन्यो भने बाहिरबाट कसैले चाहेर पनि गठबन्धन भत्किँदैन । यदि त्यस्तो खालको परिस्थिति नबनेको खण्डमा माओवादीले चाहँदै वा नचाहँदैमा केही पनि गर्न सकिन्न ।’ सबै दलहरूलाई समेट्ने गरी पार्टी अघि बढ्न चाहेको भएपनि गठबन्धन बदल्ने कुरा नरहेको श्रेष्ठको भनाइ थियो ।

उनले भने, ‘वर्तमान समीकरणलाई बदल्ने प्राथमिकता हाम्रो छैन । सबै दलहरूलाई समेट्ने गरी अघि बढ्न चाहेका छौं । तर, समीकरण बदल्ने कुरा छैन । राष्ट्रपतिको चुनावको विषयमा हाम्रो एउटै भनाई छ, त्यो भनेको प्रधानमन्त्री प्रचण्डलाई सबै पार्टीहरूबाट समर्थन प्राप्त भयो, त्यसका लागि हाम्रा एतिहासिक परिघटना हो । अहिलेको मुलुकाको आवश्यकता राष्ट्रिय सहमतिको स्थितिको सृजना भएको छ । राष्ट्रपति चयन गर्दा त्यो परिस्थितिलाई सम्बोधन गर्न उपयुक्त हुन्छ ।’ श्रेष्ठले राष्ट्रपतिमा पनि राष्ट्रिय सहमति आवश्यकतामा आफूहरूले जोड दिएको बताए ।

माओवादी नेतृत्वमा हुँदा अहिलेका राजनीतिक उपलब्धिलाई साधन बनाएर सामाजिक, आर्थिक समृद्धिको लक्ष्य हासिल गर्ने आगामी कार्यभार रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...

रवि र बालेनले उद्घाटन समारोहमा सम्बोधन गर्ने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा हुने प्रथम राष्ट्रिय महाधिवेशनको तयारी...

लुम्बिनीमा पनि उठ्यो एमाले नेतृत्व पुनर्गठनको माग

    नेतृत्व पुनर्गठनको माग लुम्बिनीमा जोडतोडले उठेको छ । आम निर्वाचनमा पार्टी...

कक्षा १२ को नतिजा प्रकाशन

    राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन गरेको छ ।...