चन्द्र भण्डारीलाई मुम्बईको नेसनल बर्न सेन्टरमा लैजाने तयारी



 

स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले ग्यासँ सिलिण्डर विस्फोटमा परी घाइते भएका नेपाली कांग्रेस नेता चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा लैजान लागेको बताएका छन् । नेता भण्डारीलाई भेट्न किर्तिपूरस्थित बर्न अस्पताल पुगेका स्वास्थ्यमन्त्री गिरीले भण्डारीलाई थप उपचारको लागि मुम्बई लैजान लागेको बताएका हुन् । उनले भारतमा उपचार गराउन लैजाँदा नेता भण्डारीको स्वास्थ्यमा सुधार आउने अपेक्षा गरेको उनले बताए ।

‘चिकित्सकले नेता भण्डारीलाई थप उपचारको लागि भारत नै लैजाँदा राम्रो हुने भनेकाले एक घण्टाभित्रमा उहाँलाई मुम्वई लैजाने व्यवस्था गर्दैछौं । मलाई लाग्छ उहाँको सुधारमा आउछ भन्ने मलाई विश्वास छ। ’ उनले भने । नेता भण्डारीले यही उपचार गर्न पाए हुने भन्ने इच्छा व्यक्त गरेको मन्त्री गिरीले बताए । चिकित्सका अनुसार नेता भण्डारीको शरीर २५ देखि ३० प्रतिशत जलेको छ । धुवाँ स्वासनलीमा गएकाले त्यसको असर अझै तीनचार दिन बढी देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
नेकपा एसका उम्मेदवार जीतबहादुरलाई शून्य मत

    नेकपा एसका सम्मानित नेता झलनाथ खनाल चुनावी कमाण्डर बनेको इलाम २

इलाममा कांग्रेसको सुरुआती अग्रता- सुहाङ दोस्रो, घण्टी चौथो

    इलाम २ को उपनिर्वचन अन्तर्गत जारी गणनामा पहिलो अपडेट सार्वजनिक भएको

सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकमा ग्लोबल आइएमई सम्मानित

    ग्लोबल आइएमई बैंक लिमिटेड आर्थिक वर्ष २०७९–८० मा सबैभन्दा धेरै रेमिट्यान्स

नेपाल र मलेसियाबीच व्यापार प्रवर्द्धन पत्रमा हस्ताक्षर

    नेपाल उद्योग वाणिज्य महासंघ र मलेसियाली उद्योग वाणिज्य महासंघबीच व्यापार तथा