सडक दुर्घटना कहालीलाग्दो बन्यो : योगेश भट्टराई



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका सचिव एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले सडक दुर्घटना न्यूनीकरणको लागि सरकारले विशेष योजना बनाएर काम गर्नुपर्ने सुझाव दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै भट्टराईले नेपालमा सडक दुर्घटना कहालीलाग्दो अवस्थामा रहेको तथ्य औंल्याउँदै यस्तो सुझाव दिनुभएको हो । दुर्घटनामा ज्यान गुमाउने ठुलो संख्या युवा पुस्ता रहेको पनि उहाँले बताउनुभयो । ‘हाम्रो दुर्घटनाको दर बढेको छ, मृत्यु हुनेको दर बढेको छ, मानिस नै मर्ने हो, युवा नै मर्ने हो’, भट्टराईले भन्नुभयो ।

उहाँले सडकको गुणस्तर, यातायातको गुणस्तर, अनुमति पत्र वितरण लगायतका विषयमा देखिएका समस्याले नेपालमा सडक दुर्घटना बढेको निश्कर्ष पनि राख्नुभयो । अब रोड सेफ्टी काउन्सिल र रोड सेफ्टी एक्सन प्लान बनाउनु पर्ने एमाले सचिव भट्टराईको सुझाव छ । ‘तत्काल रोड सेफ्टी काउन्सिल बनाउनुपर्छ’, भट्टराईले भन्नुभयो । नेपालका कुनै पनि सडक अपाङ्गमैत्री नभएका, साइकल लेनको व्यवस्था नभएकोतर्फ पनि उहाँले ध्यानाकर्षण गराउनु भयो ।

प्रतिक्रिया दिनुहोस
राहत वितरणमा कन्सल्टेन्सी व्यवसायी सञ्जीव लम्सालको सक्रियता

    पछिल्लो समय आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई सहयोग गर्ने...

काेशी ब्यारेजकाे २३ वटा ढाेका खाेलियाे

    सप्तकोशी नदीमा पानीको बहाव बढेर खतराको तहमा पुगेको छ । खतराको...

देउवा समूहले सानेपाको ‘अफर’ नमान्ने

    नेपाली कांग्रेस संस्थापन इतर समूहले आफ्नै ढंगले महाधिवेशन प्रक्रियालाई अघि बढाउने...

प्रभु बैंकका सञ्चालक र कर्मचारीले गरे उद्धार कोषमा ४० लाख सहयोग

    प्रभु बैंकका सञ्चालक तथा कर्मचारीले स्वैच्छिक रूपमा संकलन गरेको ४० लाख...