रवि लामिछानेको पासपोर्टबारे जाहेरी दर्ता गर्न नपर्ने सरकारी वकिलको निष्कर्ष



हाम्रो इकोनोमि

 

 

सरकारी वकिलको कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको पासपोर्टको विषयमा अनुसन्धान गर्न माग राख्दै दिइएको जाहेरी दर्ता गर्न नपर्ने निष्कर्ष निकालेको छ । युवराज असफलले दिनुभएको काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले जाहेरी दर्ता गर्न नपर्ने निश्कर्ष निकालेको हो । प्रहरीले यो विषयमा पहिल्यैदेखि अनुसन्धान गरिरहेकाले त्यही प्रकृतिको अर्को जाहेरी दर्ता गर्नु आवश्यक नरहेको निचोड सो कार्यालयले निकालेको छ ।

यसअघि युवराज सफलले प्रहरीमा जाहेरी दिन खोजेपनि दर्ता गर्न नमानेपछि उहाँ सरकारी वकिलकहाँ पुग्नुभएको थियो । विदेशी पासपोर्ट रहेकै अवस्थामा पुरानो नेपाली नागरिकता प्रयोग गरेर नेपाली पासपोर्ट निकालेको आरोप लामिछानेमाथि रहेको छ ।

तपाईंले यस कार्यालयमा मिति २०७९/१०/२४ मा पेस गर्नुभएको जाहेरी दरखास्तउपर जिल्ला प्रहरी परिसर, काठमाडौंमा अनुसन्धान भइरहेको भन्ने देखिएकाले सोही विषयसम्बन्धी जाहेरी दरखास्तउपर यस कार्यालयमा केही गर्न नपर्ने व्यहोरा जानकारी गराइन्छ,’ सहन्यायाधिवक्ता अच्यूतमणि नेउपानले युवराज पौडेललाई दिनुभएको जानकारी पत्रमा भनिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...