राष्ट्रपतिमा कांग्रेसलाई सघाउने माओवादीको संकेत



हाम्रो इकोनोमि

 

 

नेकपा (माओवादी केन्द्र)ले राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवारलाई सघाउने औपचारिक निर्णय गर्ने भएको छ । वर्तमान सत्ता गठबन्धन भित्रबाट राष्ट्रपति बन्दा त्यसले राजनीतिलाई स्थिरता दिन नसक्ने र आफूहरू अप्ठ्यारोमा पर्ने निष्कर्षसहित माओवादीले राष्ट्रपतिमा कांग्रेसलाई सघाउने तयारी गरेको हो ।

राष्ट्रपतिमा कांग्रेसलाई सघाउने कुरा लगभग तय भएको माओवादीका नेताले पनि पुष्टि गरे । कांग्रेस उम्मेदवारलाई राष्ट्रपतिमा मत दिने भनेर किटेर निर्णय आउन लागेको हो भन्ने प्रश्नमा उनले भने, ‘त्यो बेला निर्णय कसरी लेखिएला थाहा छैन । तर कांग्रेसलाई मत दिने भनेर आए पनि, राष्ट्रिय सहमतिका लागि भनेर आए पनि त्यसको सार एउटै हो ।’

राष्ट्रपतिमा अब कांग्रेससँग मिलेर जानेमा आफ्नो दलभित्र कुनै ‘कन्फ्युजन’ नरहेको उनले बताए । राष्ट्रपतिका लागि राजनीति बाहिरको मानिस आउन सक्ने चर्चा चलेप नि उनले त्यसो हुन सम्भव नभएको उनले बताए । राष्ट्रपतिमा एमाले र कांग्रेस दुबैको नहुने भनेको दुबैलाई चिढ्याउनु हो,’ उनले भने, ‘त्यो सम्भव छैन र त्यतातिर जाने प्रयास गर्नु भनेको थप अस्थिरता खोज्नु हो ।  राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते उम्मेदवारी दर्ता गर्ने कार्यसूची आइसकेको छ । त्यसैले त्योभन्दा पहिला नै माओवादीले राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई सघाउने निर्णय गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...