उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा, तीन दल गएनन्



हाम्रो इकोनोमि

 

 

सत्ता साझेदार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा संयन्त्रको बैठक सुरु भएको हो । बैठकमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी छन् । अहिलेसम्म जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीका सत्ता साझेदारका प्रतिनिधि नेताहरू सहभागी छैनन् ।

जसपाका अध्यक्ष उपेन्द्र यादव जनकपुरबाट आउँदै गरेकाले बैठकमा सहभागी हुन नसकेको जसपाका प्रवक्त मानिस सुमनले बताए । उनले भने,‘अध्यक्षज्यू जनकपुरबाट आउँदै हुनुहुन्छ बाटोमा हुनुहुन्छ , आइपुग्दासम्म सकिएन भने बैठकमा सहभागी हुनुहुन्छ। दुई महिना नपुग्दै रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रचण्ड सरकारबाट बाहिरिएको स्थिति र माओवादी केन्द्रले ‘सहमतीय राष्ट्रपति’को अडान लिए पछि सत्तारुढ दलमा खटपट सुरु भएको अवस्थामा यो बैठक बस्न लागेको हो । सत्तारुढ दल नागरिक उन्मुक्ति पार्टीले बिहीबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत नदिँदा गठबन्धन सरकार ढलेको थियो । बैठकमा मुख्यतः प्रचण्ड सरकारको पूर्णता, राष्ट्रपतिको निर्वाचनलगायतको विषयमा छलफल हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...