प्रचण्ड भेट्न बालुवाटार पुगे गगन



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरेका छन् । सत्ता साझेदार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्नुअघि प्रधानमन्त्री भेट्न थापा बालुवाटार पुगेका थिए । माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने अडान लिएपछि एमालेले शंका व्यक्त गरिरहेको छ । पुस १० को सहमतिअनुसार एमालेको भागमा परेको राष्ट्रपतिमा प्रचण्डले अनिच्छा देखाउन थालेपछि गठबन्धन के हुने अन्यौल छ ।

त्यसो त बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रम महामन्त्री थापाले एमालेबाट अघि सारेको राष्ट्रपतिको उम्मेदवारलाई हराएरै छाड्ने दाबी गरेका थिए । केही दिनअघि मात्र कांग्रेस प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीले भनेको राष्ट्रिय सहमति आफूहरूका लागि भएको बताएका थिए । गठबन्धनमा विवाद चर्किरहेको बेलामा कांग्रेस महामन्त्री थापा बालुवाटार पुग्नुलाई अर्थपूर्णरूपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...