एमाले कार्यकर्ता राष्ट्रपति भए हामी हराएरै छाड्छौं : गगन



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपतिमा एमालेले उठाएको उम्मेदवारलाई हराउन लाग्ने प्रतिबद्धता गरेका छन् ।बुधबार आयोजित ‘आजको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले एमालेले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति भए ‘सम्माननीय कठपुतली राष्ट्रपति’ बन्ने टिप्पणी गरे ।

उनले भने, ‘राष्ट्रपतिमा आँखा लाउलास् भनेर साथीहरुले भन्नुहुन्छ । तर, त्यो पनि ठीकै हो । नेपालको राष्ट्रपतिको संस्थालाई हामीले मनलाग्दा संविधानलाई मिच्न मिल्ने । हामीले संसद विघटनको बेलामा हेर्‍यौं । राष्ट्रपतिकहाँ अड्किएको विधेयक र सरकारले निर्वाचनपछि लिएर गएको अध्यादेश दुवै विषयमा मेरो आफ्नो मत छ ।’ एमालेबाट प्रस्तावित राष्ट्रपति आए संविधानले दिँदै नदिएको शक्तिको अभ्यास गर्ने उनको दाबी छ ।

महामन्त्री थापाले भने, ‘राष्ट्रपति एमालेले आफ्नो कार्यकर्ता बनायो भने त्यो ‘सम्माननीय कठपुतली राष्ट्रपति’ भने हुन्छ । अस्ति अभ्यास त भइसक्यो । त्यसले विस्तारै समानान्तर शक्तिको अभ्यास गर्छ । संविधानले दिँदै नदिएको शक्तिको अभ्यास गर्छ । त्यसले बालुवाटारले मात्रै होइन शीतलनिवासले पनि कार्यकारी अधिकारको प्रयोग गर्न थाल्छ । त्यसले संविधानलाई दुर्घटना पार्छ । हामी एमालेले प्रस्ताव गरेको राष्ट्रपतिको उम्मेदवारलाई हराउँछौं । हराएरै छाड्छौं। त्यतातर्फ लाग्छौं लाग्छौं ।’

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...