सरकारले नेपाली टेक्नोलोजीलाई प्राथमिकता दिनुपर्छ : चन्द्र ढकाल



हाम्रो इकोनोमि

 

 

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले नेपाली टेक्नोलोजीलाई प्राथमिकता दिन नसकेको बताएका छन् । मंगलबारबाट सुरु भएको क्यान इन्फोटेक २०२३ को उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेपाल टेक्नोलोजी तथा डिजिटलाइज क्षेत्रमा धेरै नै अघि बढीसकेको भएपनि सरकारले नेपाली इन्जिनियरहरुले उत्पादन गरेका नयाँ सफ्टवेयरलाइ प्राथमिकता दिन नसकेको उल्लेख गरे ।

उनले नेपाली इन्जिनियरहरुले बनाएका टेक्नोलोजी विदेशीको तुलनामा कम नरहेको बताए । उनले नेपालका टेक्नोलोजी उत्पादन गर्ने प्राविधिकहरु कमी नभएको बताए । उनले नेपाले टक्नोलोजीको क्षेत्रमा विश्वका जुनसुकै देशसँगपनि प्रतिस्पर्धा गर्नसक्ने अवस्था रहेको बताए । उनले आन्तरिक उत्पादनलाई प्राथमिकता दिने सरकारको नीतिअनुसार नै नेपालमा उत्पादित टेक्नोलोजीलाई प्रमुख प्राथमिकता दिन आवश्यक रहेको बताए ।

उनले भने, ‘नेपाल आईटी सेक्टार वा डिजिटलाइट क्षेत्रमा धेरै नै अघि बढीसकेको छ । कतिपय प्रोडक्टहरु नेपाली प्रोडेक्टहरु जो नेपाली आइटी इन्जिनियरहरुले तयार गरेको सफ्टेवेयर, डिजिटलाइज गर्ने कुराहरुले हामी विश्वको कुनैपनि विदेशी आईटी कम्पनीको तुलनामा नेपालको आईटी प्रोफेसनलहरु कमी छ भन्ने मलाई लाग्दैन । हाम्रो जीवनमा आउनेसक्ने टेक्नोलोजीको हिसावले कताकता हामी नेपाली टेक्नोलोजीलाई अहिले प्रायोरिटि नदिएको हो की भन्ने मलाई लाग्छ । नेपाली प्रोडक्टमा १५ प्रतिशतसम्म हामी बढी मूल्य दिनसक्ने भन्ने किसिमको नीति रहेको छ ।

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...