प्रहरी विटमा काठमाडौं महानगरको डोजर



हाम्रो इकोनोमि

 

 

काठमाडौं महानगरपालिकाको नगर प्रहरीले मैतीदेवीचोकस्थित प्रहरी विटमा डोजर चलाएको छ । मंगलबार मध्यान्ह पुगेको नगर प्रहरीको टोलीले विटमा रहेका प्रहरीका सामान सार्न लगाएर डोजर चलाएको हो । महानगरपालिकाको टोलीले विट हटाउन आग्रह गरेपछि प्रहरीले आफ्नो सामान सारेका थिए । त्यसपछि महानगरपालिकाको डोजरले प्रहरी विट भत्काएको छ । मैतीदेवी चोकमा सडक र फुटपाथ मिचेर प्रहरीको विट निर्माण भएको थियो ।

महानगर प्रहरी प्रमुख राजु पाण्डेले प्रहरी विट अर्को ठाउँमा व्यवस्थापन गरेर मैतीदेवी चोकमा रहेको प्रहरी विट हटाउन लागिएको बताउनु भयो । ‘पाण्डेले सार्वैजनिक ठाउँमा प्रहरी बिट राख्दा राम्रो सन्देश नजाने महानगरको निश्कर्षका आधारमा हटाइएको बताउनु भयो । प्रहरी शान्ति सुरक्षाको लागि हो, त्यसैले प्रहरी विट हटाउने उद्देश्य त होइन, तर सार्वजनिक सडक पेटीहरुमा रहेका प्रहरी विट अर्को ठाउँमा व्यवस्थापन गरेर हटाउन लागेका छौं, नेपाल प्रहरी हाम्रो सहकार्यमा नै व्यवस्थापन गर्न लागेका हौं,’ पाण्डेले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...