राष्ट्रिय योजना आयोगका नवनियुक्त सदस्यलाई नेपाल बुद्धिजीवि परिषदको बधाई



हाम्रो इकोनोमि

 

 

 

नेपाल बुद्धिजीवी परिषद्ले योजना आयोगमा नियुक्त हुनुभएका सदस्यहरुलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ । बृद्धिजीवि परिषदको केन्द्रिय कार्यालय बागबजारमा आयोजित शुभकामना तथा बधाई कार्यक्रममा योजना आयोगमा नियुक्त हुनुभएका परिषदका सचिवालय सदस्य प्रा.डा. संगिता सिंह, सल्लाहकार डा. कुसेन्द महत र इन्जिनियर सुशिला ज्ञवालीलाई बधाइ तथा शुभकामना ज्ञापन गरेको हो । कार्यक्रममा बुद्धिजीवि परिषदका अध्यक्ष तथा प्रदेश सांसद डा.दिनेशचन्द्र देवकोटाले बुद्धिजीवी परिषद्का सदस्य राष्ट्रिय योजना आयोगको सदस्य बन्नु देशकै लागि गौरवको विषय भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘आयोगमा जानुभएको नवनियुक्त सदस्यहरु अनुभवी र राम्रो टीम छ उहाँहरुले गुणस्तरिय सेवा दिनुहुने छ भन्नेमा विश्वस्त छु ।

नवनियुक्त सदस्यहरुलाई अरुभन्दा फरक ढंगले काम गर्न सुझाव दिनुभयो । कसरी राम्रो काम गर्न सकिन्छ त्यसैमा ध्यान केन्द्रित गर्न सकियो भने उपलब्धी हासिल गर्न अप्ठयारो नपर्ने देवकोटाको भनाई थियो । कार्यक्रममा नेपाल बुद्धिजीवि परिषदका महासचिव गजेन्द्र थपलियाले बौद्धिक ढंगले के सहयोग गर्नुपर्दछ त्यसका लागि आफुहरु सधै तयार रहेको बताउनुभयो । तपाईहरु योजना आयोगको सदस्यको स्थानमा पुग्नु नै बुद्धिजीवि क्षेत्रको संलग्नता भएको जस्तै हो थपलियाले भन्नुभयो ।

उहाँले सफल कार्यकालको शुभकामना व्यक्त गर्दै बुद्धिजीवि परिषद सरकारको थिङ्ग टयाङ्गका रुपमा रहेकाले परिषदकै सर सल्लाहबाट कसरी राम्रो गर्न सकिन्छ त्यसमा जोड दिन सुझाव दिनुभयोे । कार्यक्रममा नवनियुक्त सदस्य कुसेन्द्र महतले सरकारबाट प्राप्त जिम्मिेवारीलाई परिणाम मुखी नतिजा हासिल गर्ने तर्फ आफनो प्रयास रहने बताउनुभयो । त्यस्तै अर्का सदस्य प्रा.डा.संगिता सिंहले बुद्धिजीवि परिषदलाई धन्यवाद दिदै भन्नुभयोे, हिजो पार्टीको घोषणापत्र लेख्ने स्थानमा थियौ, अब हामी काम गर्ने स्थानमा छौें संगठनलाई चुस्त बनाउँदै आफुले पाएको जिम्मेवारी पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
अब स्थानीय तहबाटै नापी र मालपोतको सेवा

    स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक...

किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम

    किष्ट टिचिङ हस्पिटलले ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा ऐतिहासिक सफलता...

सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो : प्रचण्ड

   नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाइसकेको संसद् रोकेर अध्यादेश...

आयातित वस्तुको एमआरपीमा सरकार लचक

    आयातित मालवस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्थाले...