काठमाडौंको तीन फर्ममा बर्डफ्लू , कुखुरा र अन्डा नष्ट



हाम्रो इकोनोमि

 

 

काठमाडौंको तीन फर्ममा बर्डफ्लू पुष्टि भए पछि कुखुरा र अन्डा नष्ट गरिएको छ । पशु विभागको अनुसार कृषि अनुसन्धान परिषद् नार्कको अनुसन्धान फार्म, रामकोट र तार्केश्वरको फार्ममा कुखुरा र टर्की मन थाले पछि परीक्षामा पठाउँदा बर्डफ्लू पुष्टि भएको थियो ।

ललितपुरको खुमलटारस्थित अनुसन्धान फार्ममा पहिलो पटक बर्डफ्लू पुष्टि भएको थियो  । पशु विभागका सूचना अधिकारी चन्द्र ढकालका अनुसार यतिखेर तीनवटै फार्मका कुखुरा, अन्डा र दाना नष्ट गरेर सम्भावित क्षति न्यूनीकरण गरिएको छ ।

जसअनुसार लितपुरको खुमलटारमा २ हजार ५३० वटा अन्डा, २१७ वटा कुखुरा र दाना २५० केजी नष्ट गरिएको छ भने रामकोट फार्ममा ४ हजार ५९१ वटा कुखुरा र २ हजार २५५ वटा अन्डा नष्ट गरिएको छ । उता, तार्केश्वर फार्ममा ९४० वटा कुखुरा, दाना १०० केजी र १००० वटा क्रेट नष्ट गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...

संसद् पुनर्स्थापना नै लोकतन्त्र फर्काउने उपाय : राजन भट्टराई

    नेकपा (एमाले) का सचिव तथा काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधिसभा...

सरकार निर्वाचन सार्ने षडयन्त्रमा छ : एमाले

    नेकपा (एमाले) का उपाध्यक्ष एवं निर्वाचन परिचालन कमिटीका संयोजक रामबहादुर थापाले...