पूरानै गठबन्धनमा फर्काउने भन्दै माधव र नारायणकाजीबीच छलफल



हाम्रो इकोनोमि

 

 

उपप्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा पुगेका छन् । नेकपा एसका अध्यक्ष माधव कुमार नेपालसँग छलफल गर्न श्रेष्ठ आलोकनगरस्थित पार्टी कार्यालयमा पुगेका हुन् ।

सत्ता गठबन्धनमा खटपट भइरहेका बेला प्रधानमन्त्री प्रचण्डलाई जानकारी दिएरै श्रेष्ठ माधव नेपाललाई भेट्न गएको स्रोतको दाबी छ । दुई नेताबीचको छलफलमा नेकपा एसका उपमहासचिव डा.गंगालाल तुलाधर पनि सहभागी छन् । यसअघि नेकपा एसका उपमहासचिव डा.विजय पौडेल विहीवार माओवादी बैठक चलिरहेका बेला पेरिसडाँडा पुगेका थिए ।

दुई पार्टीबीच एकताका लागि दस्तावेज आदान प्रदान भइरहे पनि श्रेष्ठ सो जिम्मेवारीमा छैनन् । नेकपा एसलाई पनि सरकारमा ल्याउन प्रधानमन्त्रीले चाहेका छन् । तर नेकपा एमालेले नचाहेसम्म एसलाई भित्र्याउन नसकिने माओवादी नेताहरु बताउँछन् । नेकपा एसका अध्यक्ष नेपाल माओवादीलाई एमालेसँगको गठबन्धनबाट पूरानै गठबन्धनमा फर्काउन प्रयासरत छन् ।

प्रतिक्रिया दिनुहोस
रास्वपा सभापति लामिछाने र प्रधानमन्त्री शाहबीच भेटवार्ता

    प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति...

४३ अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार ४३.८९ अंक घटेको छ...

बाढीपीडितका लागि नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ४ करोड १ लाख सहयोग

    नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित...

इन्टरनेट कनेक्सनको म्याद सकिएका बाढी प्रभावित ग्राहकलाई सुबिसुले थप ७ दिन सेवा दिने

    भोटेकोशीमा आएको भीषण बाढीका कारण इन्टरनेट सेवा प्रभावित भएका ग्राहकलाई सुबिसुले...