दल खारेजको माग गर्ने अधिकार अरुलाई छैन : निर्वाचन आयोग



हाम्रो इकोनोमि

 

 

निर्वाचन आयोगले दर्ता भएको दल खारेजको माग गर्ने अधिकार कोही व्यक्तिलाई नभएको बताएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएको सन्दर्भमा बोल्दै प्रमुख निर्वाचन अधिकृत दिनेशकुमार थपलियाले दल दर्ताको माग गर्ने अधिकार कोही व्यक्तिलाई नहुने बताएका हुन् । थपलियाले दलसम्बन्धी विवाद कानुन बमोजिम टुंगो लगाउने बताए ।

‘राजनीतिक दल दर्ता सम्बन्धी ऐनको दफा १२, १३ र संविधानको धारा २७० लाई हेर्नुस् यी व्यवस्थाले कुनै पनि अर्को व्यक्तिलाई कुनै अर्को पार्टी खारेज गरिपाउँ भनेर निवेदन दिने अधिकार दिंदैन । यदि त्यो हुँदो हो त क भन्ने पार्टी खारेज गरिपाउँ भनेर ख भन्ने पार्टीको नेताले निवेदन दिएर हिँड्थ्यो होला नि । त्यसकारण त्यस्तो परिकल्पना गरिएन,’ थपलियाले भने । आयोगमा परेको निवेदनलाई कानुन सम्भव रुपमा समयमै निरुपण गर्ने थपलियाले बताए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...