दल खारेजको माग गर्ने अधिकार अरुलाई छैन : निर्वाचन आयोग



हाम्रो इकोनोमि

 

 

निर्वाचन आयोगले दर्ता भएको दल खारेजको माग गर्ने अधिकार कोही व्यक्तिलाई नभएको बताएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएको सन्दर्भमा बोल्दै प्रमुख निर्वाचन अधिकृत दिनेशकुमार थपलियाले दल दर्ताको माग गर्ने अधिकार कोही व्यक्तिलाई नहुने बताएका हुन् । थपलियाले दलसम्बन्धी विवाद कानुन बमोजिम टुंगो लगाउने बताए ।

‘राजनीतिक दल दर्ता सम्बन्धी ऐनको दफा १२, १३ र संविधानको धारा २७० लाई हेर्नुस् यी व्यवस्थाले कुनै पनि अर्को व्यक्तिलाई कुनै अर्को पार्टी खारेज गरिपाउँ भनेर निवेदन दिने अधिकार दिंदैन । यदि त्यो हुँदो हो त क भन्ने पार्टी खारेज गरिपाउँ भनेर ख भन्ने पार्टीको नेताले निवेदन दिएर हिँड्थ्यो होला नि । त्यसकारण त्यस्तो परिकल्पना गरिएन,’ थपलियाले भने । आयोगमा परेको निवेदनलाई कानुन सम्भव रुपमा समयमै निरुपण गर्ने थपलियाले बताए ।

प्रतिक्रिया दिनुहोस
आन्तरिक एकता सुदृढ बनाउन नेता-कार्यकर्तालाई ओलीको निर्देशन

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना असमझदारी र...

दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...