रविलाई गृहमन्त्री बनाउन किन चाहियो पूर्णपाठ : ओली



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रास्वपा सभापति रवि लामिछानेलाई गृहमन्त्री बनाउन अदालतको पूर्णपाठ नचाहिने बताएका छन् । विराटनगरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै भने उनले यस्तो दाबी गरेका हुन् । उनले भने, ‘किन चाहियो पूर्णपाठ ? कण्ठ गर्ने हो र पूर्णपाठ ? किन चाहियो पूर्णपाठ  ?’ ओलीले उनले यही विषयले गठबन्धनमा संकट आउला जस्तो नलागेको बताए।

उनले भने, ‘कुन कुन पार्टीले के-के लिन सहमति पहिल्यै भएको हो । त्यही अनुसार जानुपर्छ । रास्वपाले पनि आफूले पाउनुपर्ने कुरा दिनुपर्छ । छलफल भइरहेको छ। खटपट भएको छैन । हामीले गृह मन्त्रालय उहाँहरूलाई दिएका हौँ । रास्वपाले गृहमन्त्री रवि लामिछानेलाई बनाएको थियो । उनीहरूलाई गृह मन्त्रालय नदिने छुट्टै कुरा भएको भए त्यसले अप्ठ्यारो पैदा गर्छ तर, त्यस्तो भएको छैन ।’

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...