मलेसियाका गृहमन्त्री इस्माइल नेपाल आँउदै



 

 

मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल बिहीबार नेपाल आउने भएका छन्। गृहमन्त्री इजमाइल १५ सदस्यीय टोलीको नेतृत्व गर्दै नेपाल आउन लागेको हो । इजमाइलको टोलीले नेपाल र मलेसियाबीचको श्रम सम्झौताका विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ ।

मलेसियाले हालै ५ लाख नेपाली श्रमिक लैजाने निर्णय गरेको थियो । गृहमन्त्री इजमाइलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालसँग छुट्टा छुट्टै भेटवार्ता गर्नेछन्। मलेसिया सुरक्षागार्डका लागि जानेलाई नेपालमै तालिम दिएर लैजाने विषयमा पनि छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
चन्द्रागिरिको वनमा आगलागी

  काठमाडौंको चन्द्रागिरि नगरपालिकामा पर्ने केउरानी सामुदायिक वनमा आगलागी भएको छ ।आगलागी भएको

माओवादी कसैको बैशाखीबिना एक्लै लड्नसक्छौं : प्रचण्ड

     नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्यानीय तहको उपनिर्वाचन र

आठ महिनामा ९ खर्ब ८७ अर्ब वैदेशिक व्यापार घाटा

    नेपालबाट हुने वस्तु तथा सेवाहरूको निर्यात बढेको छ । चालु आर्थिक

चुच्चे नक्सा बुच्चे कुन व्यवस्था हुँदा भएको हो : प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भू-भाग भएको