एमाले संसदीय दलको कार्यालयमा पुगे रवि



हाम्रो इकोनोमि

 

 

नागरिकता विवादमा मुछिएर अदालतको फैसलाले उपप्रधानसहित गृहमन्त्री गुमाएका र आइतबार नयाँ नागरिकता बनाएपछि पुनः सोही जिम्मेवारीमा फर्कन प्रयास गरिरहेका रवि लामिछानेले आज पनि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् ।  हिजो अपरान्ह बालकोटमा भेटघाट गरेका लामिछानेले आज सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा ओलीलाई भेटेका हुन् । साढे १२ बजेतिर ओली भेट्न पुगेका उनी करिब आधा घण्टा कुरा गरेर बाहिरिएका छन् ।

गृह मन्त्रालयको जिम्मेवारीमा फर्किन जोडतोडका साथ लागेका लामिछाने हिजो बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेर दबाब दिँदा पनि उपलब्धि हात नलाग्ने बुझेपछि दिउँसो बालकोट गएका थिए । बालकोट भेटमा पूर्वसहमतिअनुसार गृहमा पुनस्र्थापित गराउने बचन पाएर फर्किएका उनी आज प्रधानमन्त्रीसँगको कुरा बुझ्न ओलीकहाँ पुगेका हुन् ।  यसअघि आज बिहानै लामिछानेलाई गृहमन्त्रीका लागि सिफारिस गर्न ओली बालुवाटार पुग्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...