गृह मन्त्रालयको अडान छाड्न रविलाई प्रधानमन्त्रीको आग्रह



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई गृह मन्त्रालय लिँदा स्वार्थ बाझिने र बाहिर जवाफ दिन पनि अप्ठेरो हुने भन्दै अर्को मन्त्रालय लिन आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटमा लामिछानेले साँझसम्म यसअघि सरकार बनाउने बेला भएको समझदारी अनुसार गृह मन्त्रालय रास्वपालाई दिन र शपथग्रहण गराउन भनेपछि प्रधानमन्त्रीले त्यसमा आनाकानी गरेका हुन् ।

प्रधानमन्त्रीनिकट स्रोतका अनुसार रविलाई गृह मन्त्रालय नदिन माओवादीभित्र दबाब छ । सरकारको नेतृत्व गरिरहेको पार्टीले महत्त्वपूर्ण मन्त्रालय नलिएको भन्दै प्रचण्डमाथि माओवादीभित्रबाटै गृह नछाड्न दबाब बढेको छ । रविको राहदानी सम्बन्धी विवाद कायम रहेको र गृह मन्त्रालय लिँदा स्वार्थ बाझिने तर्क प्रधानमन्त्रीबाट आएको छ । रविले भने गृह नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको बताइन्छ ।

एमाले अध्यक्ष केपी शर्मा अ‍ोलीले पनि नागरिकताको पुनः प्राप्ति प्रक्रिया पूरा गरेपछि उनलाई गृहमन्त्री बनाउन आग्रह गरिसकेका छन् । ६ महिनाभित्र उपचुनावबाट रवि पुनः सांसद हुने तयारीमा छन् । उनलाई एमालेले सघाउने संकेत दिइसकेको छ । प्रचण्डको रिजर्भ फोर्सका रूपमा कांग्रेसले सत्ता साझेदारीका लागि पर्खेर बसिरहेका कारण प्रधानमन्त्रीले सकेसम्म गृह मन्त्रालय रविलाई नदिने प्रयासमा छन् ।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...