यती विमान दुर्घटनास्थलमा श्रद्धाञ्जली सभा



हाम्रो इकोनोमि

 

 

एकातिर बुद्ध धर्मालम्बीले आफ्नै परम्परा अनुसार पूजापाठ, अर्कोतिर हिन्दु धर्मावलम्बी । बटुकहरु आफ्नो अगाडि दीयो बालेर स्वस्ति शान्ति मन्त्र पाठ गरिरहेका थिए भने लामाहरु सातुको सातुको ‘छोक’ बनाएर ‘छ्योर्मेः’ बालिरहेका थिए । उनीहरुभन्दा माथिल्लो भागमा गुरुङ समुदायले आफ्नै किसिमले पूजापाठ गरिरहेको थियो र सेती पारी हिन्दु परम्परा अनुसार चीर शान्ति स्मृति प्रार्थना सभामा मन्त्रोच्चारण भइरहेको थियो । मान्छेहरु आउँथे र आफूलाई पायक पर्ने र आफ्नो परम्पराअनुसार पूजापाठ भइरहेको ठाउँमा गएर फूल चढाउँथे, प्राथना गर्थे ।

७२ जनाको ज्यान जाने गरी माघ १ गते यती विमान दुर्घटना भएको पोखरा ७ र १५ को मध्यभागमा शुक्रबार देखिएको दुश्य हो यो । जहाँ दुर्घटना भएको १३ औं दिनमा पोखरा महानगरसहित विभिन्न संघसंस्था, दलले श्रद्धाञ्जली सभा तथा पूजापाठ आयोजना गरेका थिए । विमान दुर्घटनास्थल सेतीवारि र पारि दुवै डिलमा मृतकको आत्माको शान्तिको कामना गर्दै पूजापाठ तथा प्रार्थना गर्नेहरुको ठूलो भिड लागेको थियो । प्रार्थना सभामा गण्डकी प्रदेशका मुख्यमन्त्री, मन्त्री, विभिन्न राजीनितिक दलका नेता, मृतकको आफन्तहरु उपस्थित थिए ।

दुर्घटना भएको समयलाई आधार मानेर १०:५८ मा महानगरले दुर्घटनामा ज्यान गुमाएका ७२ जनाकै नाममा दीप प्रज्जवलन गरेको थियो । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी दुर्घटनाबाट पीडित हरेकको घरमा जान प्रयास गरेको सुनाए । ‘सबैको घरमा जान सकेनौं । तर, जहाँ पुग्यौं, हामी विह्वल भयौं । आज त्यो वेदना हाम्रो मनमा छ, छातीमा छ,’ उनले भने, ‘त्यस्ता दुर्घटनाहरु कहिल्यै नहून् ।’ मुख्यमन्त्री अधिकारीले गण्डकी प्रदेशको शोकमा एकताबद्ध रहेको र शोकलाई शक्तिमा बदल्नुपर्ने बताए । ‘हामीले फेरि ती आला घाउहरुलाई पुर्दै बाँचेकाहरुले नयाँ परिस्थितिको सामना गर्ने अठोट गरौं,’ उनले भने । उनले उद्धारमा खटिएका विभागीय टिमुसहित विभिन्न संघसंस्थालाई धन्यावद दिए ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसको १५औँ महाधिवेशन तयारी तीव्र

    नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूले आजसम्ममा आफ्नो क्रियाशील सदस्यता अद्यावधिक नगरे १५औँ...

सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप

    सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप गरेको...

रास्वपा बागमती प्रदेश अधिवेशन स्थगित

    रास्वपाको बागमती प्रदेश अधिवेशन स्थगित भएको छ । हिजो तामझामसहित उद्घाटन...

नबिल बैंक र धुलिखेल अस्पतालबीच रणनीतिक साझेदारीमा हस्ताक्षर

    नबिल बैंक लिमिटेड र धुलिखेल अस्पतालबीच अत्यावश्यक स्वास्थ्य सेवा सुदृढीकरण एवं...