वामदेव गौतम नेकपा एसमा जाने तयारी



हाम्रो इकोनोमि

 

 

नेकपा एकीकृत समाजवादी पार्टीले घनश्याम भुसाललाई महासचिव बनाउनेगरी छलफल अघि बढाएको छ । एमाले परित्याग गरेर स्वतन्त्र चुनाव लडेका भुसाल पुस २९ गते नेकपा एस प्रवेश गरेका थिए । नेकपा एसले उनलाई सचिवालय सदस्यमा मनोनीत गरिसकेको छ । भुसाललाई महासचिव बनाउनेगरी छलफल अघि बढेको नेकपा एसका एक पदाधिकारीले बताए ।

उनले भने  उहाँले पार्टीमा प्रवेश गर्नुअघि नै महासचिवको प्रस्ताव राख्नुभएको थियो । त्यहीअनुसार छलफल अघि बढेको छ । आगामी केन्द्रीय कमिटीको बैठकले अनुमोदन गर्नसक्छ । घनश्यामलाई महासचिव बनाउनका लागि हालका महासचिव बेदुराम भुसालको व्यवस्थापन महत्वपूर्ण भएको ती नेताले बताए ।

उनले भने घनश्यामजीलाई महासचिव बनाउँदा बेदुरामजीको व्यवस्थापन गर्नुपर्ने हुन्छ । उहाँलाई कसरी व्यवस्थापन गर्ने भन्नेबारेमा अहिले छलफल भएपनि सहमतिमा पुग्न सकिएको छैन । पछिल्लो समसामयिक विषयमा छलफल गर्न माघ २१ र २२ गते नेकपा एसले केन्द्रीय समिति बैठक बोलाइएको उपमहासचिव गंगालाल तुलाधरले बताएका छन् । उनले एमालेका पूर्वउपाध्यक्ष तथा कम्युनिष्ट एकता अभियानका संयोजक वामदेव गौतम पनि पार्टीमा चाँडै भित्रिने दाबी गरे । नेता तुलाधरले भने, ‘उहाँ (वामदेव) हाम्रो पार्टीमा आउन सकारात्मक हुनुहुन्छ । अब केही दिनमा उहाँको प्रवेशबारे टुंगो लाग्छ ।

कम्युनिष्ट पार्टी निर्माणको विषयमा नेता गौतमले उठाएको एजेन्डाप्रति आफूहरू सकारात्मक रहेको उनको भनाइ छ ।घनश्यामलाई महासचिव बनाएपछि नेता गौतम र बेदुरामको व्यवस्थापनमा समस्या भएको एक नेताले बताए । उनले भने, ‘उहाँ (वामदेव) एमालेमै उपाध्यक्ष हुनुहुन्थ्यो त्यसैले यहाँ आउँदा वरिष्ठ उपाध्यक्ष दिने कि भन्नेबारेमा छलफल भइरहेको छ । तर, बेदुरामजीलाई पनि व्यवस्थापन गर्नुपर्ने हुन्छ । त्यसैले थप निर्णय केन्द्रीय कमिटीबाटै गराऔं भन्ने कुरा भइरहेको छ ।

मंगलबार नेकपा एसका अध्यक्ष माधव नेपालले पार्टी कार्यालय आलोकनगरमै बोलाएर नेता गौतमलाई पार्टीमा एकताबद्ध हुन आग्रह गरेका थिए । गौतमले छिट्टै यसबारे निर्णय गर्ने जवाफ दिएका छन् । सो अवसरमा दुवै पक्षबीच आफ्ना दस्तावेजहरू आदानप्रदान भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...

आन्तरिक एकता सुदृढ बनाउन नेता-कार्यकर्तालाई ओलीको निर्देशन

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना असमझदारी र...

दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...