वामदेव गौतम नेकपा एसमा जाने तयारी



हाम्रो इकोनोमि

 

 

नेकपा एकीकृत समाजवादी पार्टीले घनश्याम भुसाललाई महासचिव बनाउनेगरी छलफल अघि बढाएको छ । एमाले परित्याग गरेर स्वतन्त्र चुनाव लडेका भुसाल पुस २९ गते नेकपा एस प्रवेश गरेका थिए । नेकपा एसले उनलाई सचिवालय सदस्यमा मनोनीत गरिसकेको छ । भुसाललाई महासचिव बनाउनेगरी छलफल अघि बढेको नेकपा एसका एक पदाधिकारीले बताए ।

उनले भने  उहाँले पार्टीमा प्रवेश गर्नुअघि नै महासचिवको प्रस्ताव राख्नुभएको थियो । त्यहीअनुसार छलफल अघि बढेको छ । आगामी केन्द्रीय कमिटीको बैठकले अनुमोदन गर्नसक्छ । घनश्यामलाई महासचिव बनाउनका लागि हालका महासचिव बेदुराम भुसालको व्यवस्थापन महत्वपूर्ण भएको ती नेताले बताए ।

उनले भने घनश्यामजीलाई महासचिव बनाउँदा बेदुरामजीको व्यवस्थापन गर्नुपर्ने हुन्छ । उहाँलाई कसरी व्यवस्थापन गर्ने भन्नेबारेमा अहिले छलफल भएपनि सहमतिमा पुग्न सकिएको छैन । पछिल्लो समसामयिक विषयमा छलफल गर्न माघ २१ र २२ गते नेकपा एसले केन्द्रीय समिति बैठक बोलाइएको उपमहासचिव गंगालाल तुलाधरले बताएका छन् । उनले एमालेका पूर्वउपाध्यक्ष तथा कम्युनिष्ट एकता अभियानका संयोजक वामदेव गौतम पनि पार्टीमा चाँडै भित्रिने दाबी गरे । नेता तुलाधरले भने, ‘उहाँ (वामदेव) हाम्रो पार्टीमा आउन सकारात्मक हुनुहुन्छ । अब केही दिनमा उहाँको प्रवेशबारे टुंगो लाग्छ ।

कम्युनिष्ट पार्टी निर्माणको विषयमा नेता गौतमले उठाएको एजेन्डाप्रति आफूहरू सकारात्मक रहेको उनको भनाइ छ ।घनश्यामलाई महासचिव बनाएपछि नेता गौतम र बेदुरामको व्यवस्थापनमा समस्या भएको एक नेताले बताए । उनले भने, ‘उहाँ (वामदेव) एमालेमै उपाध्यक्ष हुनुहुन्थ्यो त्यसैले यहाँ आउँदा वरिष्ठ उपाध्यक्ष दिने कि भन्नेबारेमा छलफल भइरहेको छ । तर, बेदुरामजीलाई पनि व्यवस्थापन गर्नुपर्ने हुन्छ । त्यसैले थप निर्णय केन्द्रीय कमिटीबाटै गराऔं भन्ने कुरा भइरहेको छ ।

मंगलबार नेकपा एसका अध्यक्ष माधव नेपालले पार्टी कार्यालय आलोकनगरमै बोलाएर नेता गौतमलाई पार्टीमा एकताबद्ध हुन आग्रह गरेका थिए । गौतमले छिट्टै यसबारे निर्णय गर्ने जवाफ दिएका छन् । सो अवसरमा दुवै पक्षबीच आफ्ना दस्तावेजहरू आदानप्रदान भएको थियो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...