गृहमन्त्री लामिछानेले प्रेमप्रसाद आचार्यका परिवारलाई भेटे



हाम्रो इकोनोमि

 

 

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले हिजो आत्मदाह गरेको प्रेमप्रसाद आचार्यका परिवारलाई भेटेर सहानुभूति दिएका छन् । उनले आज कीर्तिपुर अस्पताल पुगेर आचार्यकी श्रीमती नानुकालाई भेटेका थिए । भेटमा गृहमन्त्रीले घटनालाई लिएर दुःख व्यक्त गरे । उनले आफूहरु पनि यस्तै कुराहरुबाट वाक्क भएर राजनीतिमा आएको बताए ।

‘मैले भर्खरै मात्र सुरुवात गरेको छु । सुरुमै आशा जगाउन सकिनँ, त्यसका लागि मलाई क्षमा गर्नुहोला । तर, निर्धक्क हुनुस्, उहाँले उठाउनुभएका, हामीले छानबिन गर्नुपर्ने विषयमा हामी छानबिन गर्नेछौं,’ उनले भने । गृहमन्त्री लामिछानेले आफू जे चलिरहेको छ, त्यसैको हिस्सा बन्न आफू नआएको पनि बताए । आफूले केही गरेर देखाउने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...