वागमती प्रदेशमा एमालेका तीन मन्त्री थपिए



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेले वागमती प्रदेशका लागि थप तीनजना मन्त्रीको नाम टुंग्याएको छ । एमालेको भागमा परेको ४ मन्त्रालयमध्ये संसदीय दलका नेतासमेत रहेका चितवनका जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजना मन्त्री भइसकेका छन् ।

थप तीनजनामा मकवानपुरका एकालाल श्रेष्ठ, काठमाडौंका केशव पोखरेल, ललितपुरका रामेश्वर श्रेष्ठलाई पठाउने निर्णय भएको एमाले नेता एवम् पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले  बताए । मन्त्रालय भने अहिलेसम्म टुंगो लागेको छैन । १४ मन्त्रालयबाट ३ वटा कटौती गर्ने निर्णयसँगै मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...

आन्तरिक एकता सुदृढ बनाउन नेता-कार्यकर्तालाई ओलीको निर्देशन

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना असमझदारी र...

दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...