बाजुरा केन्द्रबिन्दु बनाएर ५.९ म्याग्नेच्युडको भूकम्प गयो



हाम्रो इकोनोमि

 

 

मंगलबार दिउँसो बाजुरा केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको मेला भन्ने स्थानमा केन्द्रबिन्दु बनाएर ५.९ म्याग्नेच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का सुदूरपश्चिमसहित कर्णाली र लुम्बिनी प्रदेशमा समेत महशुस गरिएको छ । भूकम्पको धक्का भारतीय राजधानी नयाँदिल्लीसम्म महशुस भएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन् ।

भूकम्पका कारण भएको क्षतिको विस्तृत विवरण भने आउन बाँकी छ । जिल्ला प्रशासन कार्यालय बाजुराका विपद् सम्पर्क व्यक्ति नयन रावलले भूकम्पको धक्काका कारण धेरै मानिस घर बाहिर आए पनि अहिलेसम्म क्षतिको कुनै पनि विवरण प्राप्त नभएको बताए।  ‘ठूलै झट्का महशुस भएको थियो। सदरमुकाम आसपासका बासिन्दाहरू ठूलो संख्यामा घरबाहिर छन् । क्षतिको कुनै विवरण आएको छैन,’ रावलले भने,‘सूचना आउनेबित्तिकै उद्धारका लागि टोली तैनाथ छ ।’

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...