सांसद लक्ष्मी महतोलाई पक्राउ गर्न सर्कुलर जारी



हाम्रो इकोनोमि

 

 

फरार सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न प्रहरीले सर्कुलर जारी गरेको छ । प्रहरी प्रधान कार्यालयले कोइरीलाई पक्राउ गर्न ७७ वटै जिल्लामा सर्कुलर जारी गरेको हो । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले यसअघि पटक पटक कोइरीलाई पक्राउ गर्न निर्देशन दिएपछि प्रहरीले एक्सन लिएको थिएन ।

गृहमन्त्री लामिछानेले लिखित निर्देशन दिँदासमेत प्रहरीले अटेर गर्दै आएको थियो । प्रधानमन्त्रीलाई विश्वासको मत दिन कोइरी संसदमै आएको बेलामा पनि पक्राउ गर्न नसकेको भन्दै गृहमन्त्रीको विरोध हुँदै आएको छ ।

२०७७ मंसिर १९ गते एकजना प्रहरीको हत्या अभियोगमा उच्च अदालत जनकपुरले कोइरीलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको छ । कोइरीमाथि २०७२ को मधेस आन्दोलनमा सशस्त्र प्रहरीका असई थमन विकलाई लखेटेर हत्या गरेको आरोप छ । कोइरी नेकपा एमालेबाट निर्वाचित प्रतिनिधि सभा सांसद हुन् ।

प्रतिक्रिया दिनुहोस
सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...

आन्तरिक एकता सुदृढ बनाउन नेता-कार्यकर्तालाई ओलीको निर्देशन

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना असमझदारी र...

दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...