२ युवकको अपहरणपश्चात भारतमा हत्या



हाम्रो इकोनोमि

 

 

जनकपुरधामका दुई युवकको अपहरणपश्चात भारतमा हत्या गरिएको छ । जनकपुरधाम उपमहानगरपालिका-८ का २१ वर्षीय रोहित साह र वडा नम्बर १३ का २२ वर्षीय विष्णु साहको अपहरणपश्चात हत्या भएको हो । साहद्वयको शव भारत विहार राज्यको सिमातढी जिल्लामा पर्ने बेला परिहारमा फेला परेको धनुषाका एसपी विश्वराज खड्काले बताए । उनका अनुसार १३ दिन अगाडि दुवैजना नातेदारको घर (बेला परिहार) गएका थिए । त्यहीँबाट अपहरणमा परे । अपहरणकारीले घरमा फोन गरेर फिरौती मागेपछि मात्र घटना बाहिरिएको एसपी खड्काले जानकारी दिए ।

अपहरणकारीले रोहित र विष्णुको आवाज रेकर्ड गरेर उनको परिवारलाई फोनमा सुनाएका थिए । आवाज सुनाउँदै ५० लाख रूपैयाँ फिरौती माग गरेको र २० लाखमा ‘डिल’ समेत भइसकेको थियो । विष्णुका बाजे रामकिशोर साहका अनुसार अपहरणकारीले २० लाख रूपैयाँ लिएर सर्लाहीको मलंगवा आउन भनेका थिए । ‘पछि सम्पर्कमै आउन छाडे । मंगलबारबाट उनको फोन नै अफ छ । आज शव फला परेको जानकारी पाएँ’, रामकिशोरले भने ।

अपहरणमा परेको विषयमा उनीहरूको परिवारले धनुषा प्रहरीमा पनि जानकारी गराएको थियो । तर, धनुषाका एसपी खड्का भन्छन्, ‘ढिलो जानकारी पायौं । यद्यपि हामीले भारतीय प्रहरीसँग सहकार्य गरी उद्धारको प्रयास गरे पनि सफलता मिल्न सकेन ।’ यो घटनामा नेपाल र भारत दुवैतिरका मानिसको संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुमान छ । अहिलेसम्म ५ जना पक्राउ परिसकेको एसपी खड्काले बताए । उनका अनुसार धनुषामा २ जना र भारतमा ३ जना पक्राउ परेका छन् ।

धनुषा प्रहरीले जनकपुरधाम-८ का कृष्ण पण्डितलाई पक्राउ गरेको स्रोतले जनायो । अन्य एकजनाको नाम खुल्न सकेको छैन । घटनामा अन्य ४ जनाको संलग्नता रहेको र उनीहरूको पनि खोजी भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
रास्वपालाई एमालेको कडा चेतावनी

    नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले बिहीबार राति दाङको...

रास्वपासँग प्रतिवादमा उत्रने युवा संघको चेतावनी

    नेकपा एमालेनिकट युवा संगठन राष्ट्रिय युवा संघ नेपालले दाङमा रास्वपा कार्यकर्ताले...

रास्वपाको पोखराको चुनावी सभा पनि स्थगित

     राष्ट्रिय स्वतन्त्र पार्टीले भैरहवा र पोखरामा गर्न तय भएको चुनावी सभा...

झण्डा जलाउनेलाई कारबाही नगरे आन्दोलन थाल्ने एमाले अखिलको चेतावनी

    नेकपा एमालेनिकटको विद्यार्थी संगठन अनेरास्ववियुले दाङमा रास्वपा कार्यकर्ताले ‘सूर्य’ अंकित झण्डा...