राष्ट्रपति हाम्रोमा पार्नेगरी लाग्छौँ : विश्वप्रकाश शर्मा



हाम्रो इकोनोमि

 

 

 

पाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काँग्रेसले ढोक्सा नथापेको स्पष्टीकरण दिएका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै महामन्त्री शर्माले सरकारलाई समर्थन गरेर कांग्रेसले कुनै पनि ढोक्सा नथापेको दाबी गरे ।राष्ट्रपति निर्वाचनमा काँग्रेसले ढोक्सा नथापेको शर्माले बताएका हुन् । ‘हामीले ढोक्सा थापेका छैनौं, माछालाई जालमा पार्न कुनै योजना छैन,’ उनले भने, ‘तर माछा र ढोक्साको कथा हालेर कसिलो पिँजडा नबनाउन आग्रह गर्छु ’ शर्माले भने ।

कांग्रेसले कुनै ढोक्सा नथापेको उल्लेख गर्दै शर्माले उल्टै ओलीले उच्चस्तरीय संयन्त्रको नाममा प्रधानमन्त्रीलाई पिँजडामा राख्न खोजको तर्क गरे । कांग्रेसले माछा पर्छ भनेर ढोक्सा नथापेको बरु ओलीले नै माछा पर्ने पिँजडा कसिलो पारेका उनले बताए । त्यस्तै शर्माले सभामुख र शीतल निवासमा प्रतिपक्षीको उपस्थितिले जनताको मतको पनि प्रतिनिधित्व हुने र शक्ति सन्तुलन पनि हुने धारणा राखे । सांसद शर्माले पार्टीका संस्थापक नेता बिपी कोइरालाका अनुयायी न्यौपानेलाई सक्षय, योग्य र अनुभवका आधारमा सभामुख पदको उम्मेदवार बनाएको जिकिर गरे ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार गठनका लागि ढोक्सा थापेको टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको निर्वाचनपछि उनले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले यस्तो बताए । शर्माले भने, ‘पूर्वप्रधानमन्त्रीज्यूले हामीलाई ढोक्सा थापेको भन्नुहुन्थ्यो । तर, उहाँले चाहि थाप्नुभएको रहेछ । चुनावमा जाँदै गर्दा हामी एउटै गठबन्धन बनाएर गएका थियौं । १० गते ३ बजे सहमति नभए ५ बजेसम्ममा त हुन्थ्यो होला । हाम्रो बिचमा कुरा नमिलिरहेको बेलामा ढोक्सा कमरेड ओलीले थाप्नुभएको थियो । जसमा उहाँ सफल हुनुभयो ।’

जनताले सरकार र शितलनिवासको नेतृत्वको अपेक्षा गरेर नै कांग्रेसलाई पहिलो दल बनाएको जिकिर गरे । उनले भने, ‘अहिले हाम्रो सरकारमा जाने ध्यान छैन। तर, सबैभन्दा ठुलो दल भएकाले सभामुख, प्रधानमन्त्री या राष्ट्रपतिमा उम्मेदवारी दिने र बन्नेतर्फ लाग्नु सत्ताभित्रको साझेदारीको रुपमा बुझ्नुहुँदैन ।’ उनले राष्ट्रपतिको निर्वाचनमा परिणाम हासिल गर्नेगरी तयारी लाग्ने बताए ।

प्रतिक्रिया दिनुहोस
अब स्थानीय तहबाटै नापी र मालपोतको सेवा

    स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक...

किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम

    किष्ट टिचिङ हस्पिटलले ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा ऐतिहासिक सफलता...

सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो : प्रचण्ड

   नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाइसकेको संसद् रोकेर अध्यादेश...

आयातित वस्तुको एमआरपीमा सरकार लचक

    आयातित मालवस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्थाले...