म्यानपावरमा संलग्नताको प्रमाण देखाउनुस्, कारबाही गर्छु : गृहमन्त्री लामिछाने



हाम्रो इकोनोमि

 

 

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो पार्टीबाट बनाइएका श्रममन्त्री डोलप्रसाद अर्यालमाथि उठेको प्रश्नबारे मुख खोलेका छन् । उनले आज सभामुखको निर्वाचनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सञ्चारमाध्यममा आएका कुराहरु पुष्टि गर्न चुनौती दिए । मन्त्री अर्याल म्यानपावर कम्पनीेमा संलग्न भएकाले स्वार्थको द्वन्द्व उत्पन्न हुने गरी श्रम मन्त्री नियुक्त गरेको आरोप लागेको छ । यस विषयमा लामिछानेले त्यस्तो खालको कुनै कागजपत्र भए देखाउन आग्रह गरे ।

‘उहाँ कुन म्यानपावरमा हुनुहुँदो रहेछ, उहाँ संलग्न भएको कागजपत्र भए भनिदिएको भए मलाई थाहा हुन्थ्यो । उहाँले आफ्नो स्पष्टीकरण दिइसक्नुभएको छ । प्रमाण देखाउन चुनौती दिनुभएको छ । मैले त्यस्तो केही देखेको छैन,’ लामिछानेले भने ।उनले म्यानपावरमा संलग्न रहेको पाइएमा पहिलो कारवाही आफूले गर्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...