यो राजनीतिक कोर्स पाँच वर्षसम्म जान्छ : योगेश भट्टराई



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका सांसद योगेश भट्टराईले नेपाली काँग्रेसले पनि सभामुखमा एमालेका उम्मेदवार देवराज घिमिरेलाई मत दिनुपर्ने बताएका छन् । भट्टराईले पुस १० गतेबाट बनेको नयाँ राजनीतिक कोर्स पाँच वर्षसम्म जाने दाबी गरेका छन्।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै नेपाली कांग्रेस आफ्नो कोर्स पुरा गर्न नसकेपछि ओलीले नयाँ कोर्स निर्माण गरेको बताए। उनले एमाले र कांग्रेसको इतिहास हेर्दा एमाले दिने र कांग्रेस लिने मात्रै गरेको इतिहास रहेको उनको भनाइ छ।

भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई काँग्रेसले विश्वासको मत दिएकाबेला सबै खुशी भएको तर अहिले आएर काँग्रेसको स्वार्थ राष्ट्रपतिमा थियो कि भन्ने आशंका भएको बताएका हुन् । प्रधानमन्त्रीलाई मनबाटै विश्वासको मत आयो भनेर खुशी भयौँ । कतै विश्वासको मत जानुपर्ने एकातिर लगाइएको आँखा अर्कोतिर त हैन ?’ भट्टराई प्रश्न गरे ।

‘आज बिहान प्रमोद खरेलको एउट गीत सुनेको थिँए मायाँ गर्ने मुटुले हो निधारले हैन । मुटुले विश्वासको मत दिएको हो भने देवराज घिमिरेले मत पाउनुपर्छ,’ भट्टराईले थपे । नेकपा एमाले प्रतिपक्षमा बसिरहेकामा काँग्रेसले संविधानलाई नै धरापमा पारेपछि एमालेले अग्रसरता दिएर सरकार बनाएको भट्टराईले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस
एमाले आफ्नै खुट्टामा उभिएर अगाडि बढ्छ : ओली

     नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई एक्ल्याउने प्रयास भइरहेको बताएका छन्...

सरकारले स्वास्थ्य, शिक्षा र विद्युतमा समेत लगायो कर

    आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ । यससँगै सरकारले...

अहिले प्रदेश सरकार फेरबदलको समय होइन : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कार्यकालको अन्तिम समयमा प्रदेश सरकार फेरबदल...

मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...