यो राजनीतिक कोर्स पाँच वर्षसम्म जान्छ : योगेश भट्टराई



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका सांसद योगेश भट्टराईले नेपाली काँग्रेसले पनि सभामुखमा एमालेका उम्मेदवार देवराज घिमिरेलाई मत दिनुपर्ने बताएका छन् । भट्टराईले पुस १० गतेबाट बनेको नयाँ राजनीतिक कोर्स पाँच वर्षसम्म जाने दाबी गरेका छन्।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै नेपाली कांग्रेस आफ्नो कोर्स पुरा गर्न नसकेपछि ओलीले नयाँ कोर्स निर्माण गरेको बताए। उनले एमाले र कांग्रेसको इतिहास हेर्दा एमाले दिने र कांग्रेस लिने मात्रै गरेको इतिहास रहेको उनको भनाइ छ।

भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई काँग्रेसले विश्वासको मत दिएकाबेला सबै खुशी भएको तर अहिले आएर काँग्रेसको स्वार्थ राष्ट्रपतिमा थियो कि भन्ने आशंका भएको बताएका हुन् । प्रधानमन्त्रीलाई मनबाटै विश्वासको मत आयो भनेर खुशी भयौँ । कतै विश्वासको मत जानुपर्ने एकातिर लगाइएको आँखा अर्कोतिर त हैन ?’ भट्टराई प्रश्न गरे ।

‘आज बिहान प्रमोद खरेलको एउट गीत सुनेको थिँए मायाँ गर्ने मुटुले हो निधारले हैन । मुटुले विश्वासको मत दिएको हो भने देवराज घिमिरेले मत पाउनुपर्छ,’ भट्टराईले थपे । नेकपा एमाले प्रतिपक्षमा बसिरहेकामा काँग्रेसले संविधानलाई नै धरापमा पारेपछि एमालेले अग्रसरता दिएर सरकार बनाएको भट्टराईले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...