सभामुखको उम्मेदवार देवराज घिमिरेलाई बनाउने एमालेको निर्णय



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेले देवराज घिमिरेलाई सभामुख उम्मेदवार बनाउने निर्णय गरेको छ । एमाले उपाध्यक्ष सुवास नेम्वाङले आज घिमिरेले सभामुख पदका लागि उम्मेदवारी मनोनयन दाखिला गर्ने  बताए । प्रतिनिधिसभाका सभामुखको निर्वाचन बिहीबार बिहान ११ बजे तय भइसकेको छ । त्यसका लागि आज दिउँसो १ देखि अपरान्ह ४ बजेसम्म मनोनयन छ ।

सभामुखका लागि एमालेबाट उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र सचिव छविलाल विश्वकर्मा पनि दाबेदार थिए । तर, यसपटक अध्यक्ष केपी शर्मा ओलीले पार्टीका पुराना नेता तथा स्थायी कमिटी सदस्य देवराज घिमिरेलाई अघि सारेका छन् ।

माओवादीसँग आधा कार्यकालका लागि सभामुख र प्रधानमन्त्रीमा समझदारी भएअनुसार सहमति कार्यान्वयन हुँदा घिमिरेले अढाई वर्षपछि सभामुख पद छाड्नुपर्नेछ । झापा २ बाट निर्वाचित भएका घिमिरे एमालेका प्रदेश १ इन्चार्जसमेत हुन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...