सभामुखको उम्मेदवार देवराज घिमिरेलाई बनाउने एमालेको निर्णय



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेले देवराज घिमिरेलाई सभामुख उम्मेदवार बनाउने निर्णय गरेको छ । एमाले उपाध्यक्ष सुवास नेम्वाङले आज घिमिरेले सभामुख पदका लागि उम्मेदवारी मनोनयन दाखिला गर्ने  बताए । प्रतिनिधिसभाका सभामुखको निर्वाचन बिहीबार बिहान ११ बजे तय भइसकेको छ । त्यसका लागि आज दिउँसो १ देखि अपरान्ह ४ बजेसम्म मनोनयन छ ।

सभामुखका लागि एमालेबाट उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र सचिव छविलाल विश्वकर्मा पनि दाबेदार थिए । तर, यसपटक अध्यक्ष केपी शर्मा ओलीले पार्टीका पुराना नेता तथा स्थायी कमिटी सदस्य देवराज घिमिरेलाई अघि सारेका छन् ।

माओवादीसँग आधा कार्यकालका लागि सभामुख र प्रधानमन्त्रीमा समझदारी भएअनुसार सहमति कार्यान्वयन हुँदा घिमिरेले अढाई वर्षपछि सभामुख पद छाड्नुपर्नेछ । झापा २ बाट निर्वाचित भएका घिमिरे एमालेका प्रदेश १ इन्चार्जसमेत हुन् ।

प्रतिक्रिया दिनुहोस
सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...

आन्तरिक एकता सुदृढ बनाउन नेता-कार्यकर्तालाई ओलीको निर्देशन

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना असमझदारी र...

दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...