असंलग्न परराष्ट्र नीतिलाई प्रभावकारी बनाइनेछ : परराष्ट्रमन्त्री पौडेल



हाम्रो इकोनोमि

 

 

 

नवनियुक्त परराष्ट्रमन्त्री डा.विमला राई पौडेलले मन्त्रालय मातहतको कार्यालयमा जनताको सहज सेवा प्रवाहलाई प्राथमिकता दिइने बताएकी छिन् । सपथ ग्रहण गरेपछि मंगलबार सिंहदरबारमा पदभारग्रहण गर्दै मन्त्री पौडेलले सहज रुपमा सेवा प्रवाहरुलाई प्राथमिकतामा राखेको बताए ।

उनले असंलग्न परराष्ट्र नीतिलाई प्रभावकारी रुपमा अघि बढाउने र अहिले नै यसलाई परिमार्जन गर्नुपर्ने अवस्था नरहेको धारणा राखे । मन्त्री पौडेलले भइरहेको नीतिमा अप्ठेरोमा समस्या भए सुधार गर्न सकिने तर भइरहेको नीतिलाई परिवर्तन गर्न नहुने जिकिर गरिन् ।

नेपालमा रहेको कुटनीतिक निकायसंगको सम्बन्धलाई सुमधर पार्ने, विदेशस्थित दुतावासमा नेपालीहरुको सहज पहुँच लगायतका बिषयमा ध्यान केन्द्रीत गर्ने उनले बताइन् । मन्त्री पौडेलले सीमा विवादका बिषयहरुमा धेरै बुझ्नुपर्ने भएकाले यसबारे हतारमा टिप्पणी गर्न नहुने जिकिर गरिन् ।

प्रतिक्रिया दिनुहोस
सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...

आन्तरिक एकता सुदृढ बनाउन नेता-कार्यकर्तालाई ओलीको निर्देशन

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना असमझदारी र...

दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...