सभामुखको उम्मेदवार देवराज घिमिरेलाई बनाउने एमालेको तयारी



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेले प्रतिनिधि सभाको सभामुखमा देवराज घिमिरेलाई उम्मेदवार बनाउने तयारी गरेको छ । पार्टीका शीर्ष नेताहरुसँगको छलफलमा अध्यक्ष केपी शर्मा ओलीले सभामुखको उम्मेदवार देवराजलाई बनाउने आशय व्यक्त गरेको एक पदाधिकारीले बताए । यस पटक एमालेले मन्त्री र सभामुखमा नयाँ तथा अवसर नपाएकालाई मौका दिने नीति अनुसार सभामुखमा पार्टीका सिनियर नेता घिमिरेलाई अघि सार्न लागेको बताइएको छ । प्रतिनिधि सभामा भने घिमिरेको यो पहिलो प्रवेश हो ।

झापा २ बाट निर्वाचित एमाले स्थायी कमिटी सदस्य घिमिरे पार्टीमा भने २०४९ को पाँचौँ महाधिवेशनबाटै केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । उनी यसअघि एक पटक एमालेबाट राष्ट्रियसभा सदस्य थिए । हाल उनी एमालेको प्रदेश १ इन्चार्ज छन् । पार्टीका पुराना नेता घिमिरेले प्रत्यक्ष चुनाव लडेको यो पहिलो पटक थियो । सभामुखमा उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र सचिव छविलाल विश्वकर्माको पनि दाबी रहेकोमा अध्यक्ष ओलीले यस पटक घिमिरेलाई मौका दिन खोजेको बुझिएको ती नेताले बताए ।

गठबन्धनमा सभामुख पनि एमाले र माओवादीबीच आलोपालो गर्ने भनिएको छ । सभामुख निर्वाचन माघ ५ गते हुँदैछ ।बुधवार सभामुखको निर्वाचन प्रक्रिया शुरु हुने भएकाले एमालेले आजै साँझसम्म औपचारिक निर्णय गर्ने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...