आज मन्त्रिमण्डल विस्तार हुने, एमालेले ८ मन्त्रालय पाउने



हाम्रो इकोनोमि

 

 

आज मन्त्रिमण्डल विस्तार हुने भएको छ । सोमबार सत्ता गठबन्धनमा सहमति जुटेसँगै आज नयाँ मन्त्रीहरूको शपथ हुने भएको हो । सहमति अनुसार गठबन्धनको सबैभन्दा ठूलो दल एमालेले ८ वटा मन्त्रालय पाउने भएको छ । त्यस्तै माओवादी केन्द्रले प्रधानमन्त्रीबाहेक ४ वटा मन्त्री र एक राज्यमन्त्री पाएको छ भने राप्रपाले ३ मन्त्री र एक राज्यमन्त्री पाएको छ । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले पनि ३ मन्त्री र एक राज्यमन्त्री पाउनेछ भने जनमत पार्टीले एक मन्त्री पाउने सहमति भएको हो ।

जसपालाई २ वटा मन्त्रालय प्रस्ताव गरिएकोमा स्वीकार गरेको छैन । एमालेले अर्थ, परराष्ट्र, रक्षा, भूमि सुधार, कृषि, स्वास्थ्य र महिला बालबालिका मन्त्रालय पाउने सहमति भएको हो । यस्तै माओवादीले भौीतक पूर्वाधार, सञ्चार, पर्यटन र संघीय मामिला मन्त्रालय पाउने सहमति एको छ । राप्रपाले ऊर्जा, खानेपानी र युवा तथा खेलकुद मन्त्रलाय, रास्वपाले गृह, शिक्षा र श्रम मन्त्रालय पाएको छ । त्यस्तै जनमत पार्टीले यद्योग वााणिज्य तथा आपूर्ति मन्त्रालय पाएको छ ।

दिउँसो १ बजे शपथ ग्रहणको कार्यक्रम राखिएको छ । त्यसअघि नै जसपा र नागरिक उन्मुक्ति पार्टीलाई समेत सरकारमा सहभागी गराउन छलफल चलिरहेको छ । यदि यी दुई पार्टी सरकारमा आउन राजी भएमा भागबण्डामा केही तलमाथि हुने बुझिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...