यतीमा भर्खरै भर्ती भएकी थिइन् एयरहोस्टेस ओसिन



हाम्रो इकोनोमि

 

पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा पर्ने चालक दलका चार जनामध्ये एक थिइन् ओसिन आलेमगर । एयरहोस्टेस ओसिन करिब ५ महिना अगाडि मात्रै यती एयरलाइन्स भर्ती भएकी हुन् ।

ओसिनले केही वर्षअघि सहारा एयरहोस्टेस एकेडेमीबाट एयरहोस्टेसको कोर्स गरेको बुझिएको छ । उनले आफ्नो सपना साकार बनाउन भने केही समय प्रतीक्षा गर्नुपरेको थियो । पहिलोपटक यती एयरलाइन्समा नाम निकालेपछि उनी निकै उत्साहित थिइन् । टिकटकमा निकै सक्रिय ओसिन कहिलेकाहीं विमानभित्र पनि भिडियो बनाएर पोस्ट गर्ने गर्थिन् ।

चितवन घर भएकी ओसिन काठमाडौंमा बसेर यतीको जागीर खाइरहेकी थिइन् । तर, उनको उड्डयन यात्रा लामो हुन सकेन । आज भएको यती एयरलाइन्सको विमान दुर्घटनामा उनी पनि परेकी छन् ।

प्रतिक्रिया दिनुहोस
पोखरेल समूहको अवधारणापत्र पार्टीमा बुझाउने तयारी

     नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको एघारौं महाधिवेशनबारे तयार पारिएको...

गोवाको नाइट क्लबमा आगलागी हुँदा ४ नेपालीको मृत्यु

    भारत गोवाको अरपोरा क्षेत्रमा रहेको नाइट क्लबमा शनिबार मध्यरातमा भएको आगलागीमा...

११४ दललाई निर्वाचन चिन्ह प्रदान, एमालेको ‘सूर्य’ पहिलो

    निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दर्ता...

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटघाट

   प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । भण्डारी...