पोखरा विमान दुर्घटना : अहिलेसम्म ६२ वटा शव निकालियो



हाम्रो इकोनोमि

 

 

पोखरामा विमान दुर्घटनास्थलबाट अहिले (आइतबार दिउँसो ४ बजे) सम्ममा ६२ वटा शव निकालिएको छ । नेपाली सेनाको प्रवक्ता कृष्ण भण्डारीका अनुसार दुर्घटनास्थलबाट ६२ वटा शव निकालिएको हो । दुर्घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, पोखरा महानगर प्रहरीसहितका उद्धारकर्ताले  अहिले पनि खोज तथा उद्धार कार्यलाई जारी राखेका छन् , उद्धार गरिएका शवलाई गण्डकी अस्पतालमा लगिँदै छ र ती शवको पहिचान गरी पोस्टमार्टमपछि आफन्तलाई दिइने छ । ६८ जना यात्री र ४ जना चालक दलका सदस्यसहितको यती एयरको विमान पोखराको सेती नदीको खोचमा खसेको हो । २९ जनाको शव अस्पतालमा लगिएको छ । खोंचमा आगो बलिरहेको र धुवाँ आइरहेका कारण उद्दारमा कठिनाई भइरहेको सुरक्षाकर्मीहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले ११ औँ महाधिवेशन निर्वाचनको मतगणना शुरु

    नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतदानपछि मतगणना शुरु हुँदैछ...

अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...