पोखरा विमान दुर्घटनाको शोकमा भोलि सार्वजनिक बिदा



हाम्रो इकोनोमि

 

 

सरकारले भोलि यती एयरको विमान दुर्घटनाको शोकमा भोलि एक दिन सार्वजनिक बिदा दिएको छ । बैठकपछि पत्रकारसँग कुरा गर्दै अर्थमन्त्री विष्णु पौडेलले दुर्घटनाका कारण पहिचान विश्लेषण गर्न दुर्घटना जाँच आयोग गठन गर्ने निर्णय भएको जानकारी पनि दिए । सरकारले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै विदा दिइने निर्णय भएको उनले बताए ।

काठमाडौंबाट पोखराका लागि उडेको यती एयरको जहाजमा कुल ७२ जनासहित दुर्घटनाग्रस्त बनेको थियो । दुर्घटनापछि आकस्मि बसेको मन्त्रिपरिषदको बैठकले बिदा दिने निर्णय गरेको साथै दुर्घटनाको कारण पत्ता लगाउन जाँच आयोग गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पनि रहेका मन्त्री पौडेलले बताए । बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको जहाज अवतरण गर्ने क्रममा ११ बजेर १० मिनेट जाँदा फेवा खोँचमा दुर्घटना भएको हो । हाल उद्दारका कार्य जारी रहेको छ भने करिब ३६ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...