प्रधानमन्त्री र गृहमन्त्री त्रिभुवन विमानस्थलमा



हाम्रो इकोनोमि

 

 

पोखरामा यती एयरको जहाज दुर्घटनापछि वस्तुस्थित बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री रवि लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् । काठमाडौंबाट बिहान उडेको जहाज बिहान ११ बजेर १० मिनेट जाँदा पोखराको दुवै विमानस्थलको बीचमा बस्तीनजिकै सेती नदो खोँचमा दुर्घटना भएको थियो ।

प्रधानमन्त्री र गृहमन्त्रीले विमानस्थलमा रहेको उद्धार समन्वय केन्द्रमा पुगेर घटनाको विस्तृत विवरण लिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । निरीक्षणका क्रममा प्रधानमन्त्रीले दुर्घटना हुनुको प्राविधिक र अन्य कारणबारे विमानस्थल र एटीसीका अधिकारीसँग जानकारी लिएका छन् । विमानस्थलका कर्मचारीहरूले प्रधानमन्त्रीलाई घटनाबारे जानकारी गराएका छन् । प्रधानमन्त्रीले सरकारका सबै निकायलाई प्रभावकारी रूपमा उद्दारमा लाग्न निर्देशन दिनुका साथै आज साढे १ बजे मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...